म्याग्दीमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी । म्याग्दीमा शुक्रबार हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगको छ । जिल्लाको एक नगरपालिका सहित ६ वटै पालिकामा भोली विहान ७ बजेखि साँझ ५ बजे सम्म हुने निर्वाचनको तयारी अन्तिम चरणमा पु¥याईएको हो ।

जिल्लाको ७४ वटा मतदान स्थलको ११४ वटा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितका कर्मचारीहरुले बुथ निर्माण, मतदाता परिचय विरतरण लगायतका कार्यहरु तिव्रताका साथ संचालन गरिहेका छन ।

मतगणना स्थल भने सवै पालिकामा तयारी भईसकेको छ । मतगणना स्थलममा सिसी क्यामेरा जडान, तारबार, बत्तिको व्याकअप सहितको व्यवस्थापन कार्य सवै पालिकामा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

बेनी नगरपालिका वडा नम्वर ७ को बेनी सामुदायिक मावि मतदान स्थल निर्माणको कार्य अन्तिम चरणमा पुगको मतदान अधिकृत धोलकराज ढकालले बताउनुभयो । त्यँहा जेष्ठ नागरिक, अपांग, गर्भवति महिला, सुत्केरी र विरामी भएका मतदातालाई लाइनमा वस्न नपर्ने गरि मतदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

भोली पानी पर्न सक्ने मौसम पूर्वानुमान रहेकाले मतपेटिका सुरक्षाका लागि त्रिपालको समेत व्यवस्था गरिएको अधिकृत ढकालले बताउनुभयो । जिल्लामा निर्वाचनको वस्तुस्थिति निरिक्षणका लागि इन्सेकको टोली पनि म्याग्दी आएको थियो । टोलीले बेनीका मतदान स्थलहरु तथा समग्र जिल्लाको निर्वाचनको रिपोर्ट लिएर फर्किएको इन्सेक प्रतिनिधि अमृत वास्कुनेले बताउनुभयो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तहको निर्वाचनमा कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । तीमध्ये पुरुष ४१ हजार ४ सय १४, महिला ४३ हजार ९ सय ६० र अन्यतर्फ एकजना मतदाता रहेका छन् । जिल्लाभर कुल २ सय ३७ पदका लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।

You can share this post!

नारच्याङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

मंगलामा पैँसठ्ठी प्रतिशत मत खस्यो

Related posts