म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विविध कार्यक्रमको आयोजना गरि ६९ औँ प्रहरी दिवस २०८१ मनाएको छ । दिवसको अवसरमा आयोजित समारोहको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय र मातहतका ईकाईहरुका कर्मचारी विच संचालित ब्याडमिन्टन, टेवल टेनिस, रस्साकस्की, भलिबल, म्युजिकल चियर लगायतका खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै दिवसकै अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको छ । प्रहरी निरिक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक बल बहादुर खड्का, प्रहरी हवल्दार दिपक आले, प्रहरी सहायक हवल्दार प्रकाश बहादुर क्षेत्री, खेम परियार, अम्मर बहादुर क्षेत्री, पुष्प कुमार शाह, प्रहरी जवान चित्र बहादुर गुरुङ, सविता कुम्हाल र नविन सिंजालीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ढकाल, प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता गोविन्ध उपाध्याय लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
रस्साकस्सी महिलातर्फ सुनाम भाट, जमुना कुँवर, सविता कुम्हाल, अनिता कुमारी दर्लामी, देउमाया थापा र पुरुषतर्फ सुकबहादुर थापा, नेत्रबहादुर थापा, होमबहादुर नेपाली, खिमबहादुर थापा र यमबहादुर पुन बिजयी हुनुभएको थियो ।
ब्याडमिन्टनमा डोलराज थापा र रामु दगामी प्रथम, पुष्पकुमार शाह र रमेश अधिकारी द्वितिय हुनुभयो । टेबल टेनिसमा जुद्धबहादुर थापा र अम्मरबहादुर क्षेत्री प्रथम, घनश्याम काउचा र खडकबहादुर घर्ती उपबिजेता बन्नुभयो ।
भलिबलमा सुकबहादुर थापा, दिलिप काला, सुन्दर कुमाल, धिरज गुरुङ, पूर्णबहादुर पाईजा, सगुन सुनार र नविन सिंजाली प्रथम र कृष्ण खड्का, घनश्याम काउचा, खमबहादुर खत्री, चित्रबहादुर गुरुङ, तारा केसी, खिबहादुर थापा, प्रकाश खत्री र विशाल परियारको समुह द्वितिय हुनुभयो ।
म्युजिकल चियर प्रतियोगितामा प्रहरी सहायक हवल्दार बर्षा बुढाथोकी बिजयी हुनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराधीक गतिविधिहरुमा संलग्नहरुलाई कानुनको दायरामा ल्याउनका लागि प्रहरीले महत्वपूर्ण कार्य सम्पादन गरिरहेको बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले प्रविधीको विकाससँगै सिर्जना भएका चुनौतिहरु सामना गर्न नेपाल प्रहरीले आफ्नो क्षमता र जनमैत्री कार्यशैली अपनाएको बताउनुभयो । दिवसको अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छाद्वारा श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो ।
प्रहरी निरीक्षक सागर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का प्रहरी निरीक्षक राजन रायमाझीले स्वागतका साथै प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । पुर्व प्रहरी संगठन म्याग्दीका अध्यक्ष भिमबहादुर श्रेष्ठले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख, प्रतिनिधि एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।