मंगलामा उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीलाई टिकट

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मंगलाको उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीले टिकट पाउनुभएको छ ।  प्रदेश कमिटीको वैठकले अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी नेकपा एमाले मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

उपाध्यक्षका लागि मंगला –२ बाबियाचौर निवासी अधिकारी र हालका उपाध्यक्ष सृजना केसीको नाम पालिका कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि प्रदेश कमिटीमा पठाईएको थियो ।

प्रदेश कमिटीबाट अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले म्याग्दीका उपसचिव एवम् प्रचार विभाग प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षमा भने बहालवाला अध्यक्ष समेत रहनुभएका सतप्रसाद रोका यसअघिनै सर्वसम्मत रुपमा उम्मेदवार चयन हुनुभएको छ ।

You can share this post!

एमालेबाट धवलागिरीको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीले पाए उम्मेदवारको टिकट

नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार

Related posts