भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ ।

संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियुक्ति पत्र दिएको छ । जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चयन हुन बाँकी छ ।

अध्यक्ष विश्वकर्माले अन्य सदस्य थप भएपछि भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबास गरेका लगायतलाई जग्गा वितरण सहितका कामका बारेमा आवश्यक जानकारी लिने बताउनुभयो ।

सत्ता गठबन्धनको राजनीतिक नियुक्तीमा प्रदेश सरकारबाट बेनी अस्पतालको अध्यक्ष माओवादी केन्द्र र भूमि आयोगमा संघीय समाजवादीलाई परेको छ ।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने राजनीतिक नियुक्तिमा हालसम्म सिफारिस भएकोमा सदस्य पद पाएको छ । राजनीतिक नियुक्तिमा भूमि आयोगलाई निकै महत्व र अर्थपूर्ण तरिकाले हेर्ने गरिन्छ ।

 

 

 

You can share this post!

अभावको जिन्दगी बाँचेकी लालमायाँ

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा शर्मा

Related posts