म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ८ बाट संचालनमा रहेको सेञ्चुरी बैंक लिमिटेडले जामुनाखर्क माविमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरको छ ।
ग्लोवल मनि वीक सेलिब्रेसन अन्तरगत बिद्यालयको कक्षा १० मा अध्ययन गर्ने बिद्याथीहरुलाई बित्तिय सारक्षता सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई नेपालमा बैंकहरुको कार्य, बैकिङ सेवा, बैंकहरुको बर्तमान अबस्था, आइपियो र शेयर मार्केट सम्वन्धी बिषयमा अभिमुखीकरण गरिएको सेञ्चुरी बैंक बेनी शाखाका कर्मचारी भरत सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रमले बिद्यार्थीलाई बैंकिङ क्षेत्रको समग्र बिषयको बारेमा जानकारी प्राप्त भएको सुवेदीले बताउनुभयो । बिद्यालयका प्रअ सोमनाथ ढुंगानको संयोजनमा संचालन गरिएको कार्यक्रममा बिद्यालयका शिक्षक प्रकाश सुवेदी र मोहन प्रसाद सुवेदी तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।