म्याग्दीको राखुमा छायांकन गरिएको ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक

‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। रघुगंगा गाउँपालिका २ राखु भगवतीस्थित रहेका धार्मिक एवम् पर्यटकियस्थलमा छायांकन गरिएको सो गितको म्यूजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो ।

चर्चित मोडल सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभियन रहेको गितको छायांकन रघुगंगा गाउँपालिका( २ स्थित जन्मथलो गाउँ हटिया, भगवती कोतमन्दिर र पर्यटकियस्थल रुईसेमा भएको थियो ।

सुदन श्रेष्ठको शब्द, प्रविन वेडवाल र समिक्षा अधिकारीको स्वरमा रहेको गितको संगित बसन्त सापकोटाले गरेका थिए । सो गितको भिडियो सुधिर श्रेष्ठ युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। गितको भिडियो छायांकन गरिएको राखु भगवती हटिया गाउँ गितका लेखक र मोडल सुधिर श्रेष्ठको जन्मथलो हो ।

https://youtu.be/MkysCMt0pIk

You can share this post!

बागलुङ कांग्रेस सभापतिमा शेरचन बिजयी

भारी मतसहित एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

Related posts