माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

फागुन १२ गते । पर्वतको जलजला ७ धाइरिङ सल्यानका स्थानीय माओवादीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उम्मेदवार बन्नुभएका दलित अगुवा तथा माओवादीका स्थानीय नेता मनबहादुर नेपालीको नेतृत्वमा २५ जनाभन्दा बढी सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन । माओवादी पार्टीले गरिब तथा विपन्नको प्रतिनिधित्व गर्न नसकेको भन्दै एमालेमा प्रवेश गरेको दलित अगुवा मनबहादुर नेपालीले बताउनुभयो ।

विहिवार नेकपा एमाले जलजला गाउँपालिका कमिटीले धाइरिङ सल्यानमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाई, प्रदेश कमिटीका सदस्य नरबहादुर कार्की,जिल्ला अध्यक्ष राजुप्रसाद पौडेल,सचिव गोविन्द गिरी,पालिका कमिटिका अध्यक्ष लालबहादुर अधिकारी लगायतका नेताहरुले नवप्रवेशीहरुलाई एमालेमा स्वागत तथा सम्मान गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज चापागाईले पार्टीमा प्रवेश गरेका कार्यकर्ताहरुलाई स्वागत गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारको पार्टी नै एमाले भएकाले पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभयो । नेपाली समाजको रुपान्तरण र समृद्धिका लागि नेकपा एमाले अघि सारेको नीति र विचारले लाखौं नेपालीहरुलाई आकर्षीत गर्न सफल भएको उहाँले विचार व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले गरिब तथा विपन्न परिवारको लागि राहतका कार्यक्रम ल्याउन नसकेको बताउँदै नेता चापागाईले नेकपा एमाले सरकारको पालामा ल्याएका कतिपय योजना र बजेटलाई बर्तमान सरकारले कटौती गरेको बताउनुभयो । नेकपा एमाले नै दलित,गरिब तथा विपन्न नागरिकहरुको हकहितको लागि लड्ने पार्टी भएको उहाँले बताउनुभयो ।

 

नेकपा एमालेका जिल्ला अध्यक्ष राजुप्रसाद पौडेलले जलजलाको स्थानीय सरकारले यहाँका जनताको आवश्यकता र मागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । आगमी निर्वाचनमा एमालेलाई जिताएमा मात्र जलजलाको विकास र समृद्धि हुने उहाँले बताउनुभयो । उहाँले पार्टी प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । धाइरिङवासीको समस्या र मागलाई पार्टीले सम्बोधन गर्नतिर गम्भिर हुने बताउनुभयो ।

विगतमा एमाले सरकारका पालामा धाइरिङमा सडक,खानेपानी,सिँचाई लगायतका ठूला योजनाहरु भित्रिएको उहाँले बताउनुभयो ।पालिका कमिटीका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका उपाध्यक्ष बावुराम कार्कीको स्वागत र उपसचिव विकास गरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमा एमालेका पालिका कमिटीका नेता तथा कार्यक्रर्ता र सल्यानका दलित अगुवाहरुको उपस्थिति रहेको थियो । दलित अगुवा तथा नेताहरु पार्टीमा प्रवेश गरेपछि धाइरिङमा एमाले बलियो हुनुका साथै उर्जा मिलेको वडा कमिटिका अध्यक्ष बेदनाथ आचार्यले बताउनुभयो

You can share this post!

एमसिसीमाथि छलफल गर्न अर्थमन्त्रीले प्रस्ताव राख्ने कार्यसूची, तर अर्थमन्त्री नै काठमाडौँ बाहिर

प्रधानमन्त्री निस्किएलगत्तै ओली भेट्न पुगे प्रचण्ड

Related posts