बहिरा बिद्यार्थीहरुसंग अनेरास्ववियु म्याग्दी

नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बिहिबार बेनी  नगरपालिका ४  सिङ्गगाको  धौलागिरि माविमा संगठन बिस्तार गरेको  छ ।

बहिरा बिद्यार्थीहरुको समेत उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि भिम गिरीको  अध्यक्षतामा ३० सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा सुनिता किसान , सचिवमा  सृष्टि बिश्वकर्मा , सह-सचिवमा अनुपमा घर्ति मगर  र कोषाध्यक्षमा हिम  बिश्वकर्मा रहनुभएको छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एवँ म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले अवको बिद्यार्थीहरु प्रविधि संग नजिक हुनुपर्ने बताउनुभयो । सामाजिक चेतना बोकेका बिद्यार्थीहरुले अव समाजका हरेक बिभेद, बिकृति र बिसङगतिका बिरुद्ध आवाज उठाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न नै अनेरास्ववियुले म अखिल अभियान अगाडि सारेर देशब्यापी रुपमा संगठन बिस्तार गर्न लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोकाले  कितावी ज्ञान संगसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि बिद्यार्थीहरुले चासो राख्न आबश्यक रहेको बताउनुभयो । राजनिती देशको मूल निती भएकाले बिद्यार्थीहरुले पनि राजनितीक सेचतनाको बिकास गर्नुपर्ने बताउनुभयो  ।  उहाले भन्नुभयो ”अपाङ्गता भएका बिद्यार्थीहरु बिधालय भन्दा बाहिर छन् जति बिधालय भित्र छन उनीहरुलाई अध्ययनमा सहजतापुर्बक ज्ञान प्रदान गर्न सकिएको छैन ” त्यसैले अबको  अनेरास्ववियुको मूल मुद्दा अपाङ्गता भएका बिद्यार्थीहरुलाई सहजता पुर्बक बिधालयमा आउने र अध्ययन गर्न सक्ने बाताबरणको सिर्जना गर्न अखिलले महत्वपूर्ण भूमिका खेल्ने  बताउनुभयो ।

कार्यक्रम   अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवँ जिल्ला इन्चार्ज  सुबास बिश्वकर्मा को प्रमुख आतिथ्यता जिल्ला संयोजक दर्पण  रोकाको अध्यक्षता जिल्ला सचिव मिलन खत्रीको  स्वागत र सचिवालय सदस्य एवं प्रचार बिभाग प्रमुख समिर रोकाको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

अनेरास्ववियु धवलागिरी बहुमुखी क्याम्पसको क्याम्पस कमिटि सम्मेलन सम्पन्न

विना स्वास्थ्य चेकजाँच, चालकहरू गुडाउँछन् गाडी

Related posts