काठमाडौं, फागुन ८ । प्रतिनिधिसभाको केहीबेरमा सुरू हुने बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ । आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो ।
एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्ने छन् । सत्ता गठबन्धन बैठकमा एमसीसी अगाडि बढाउने सहमति भएपछि यसअघि पेस नगर्ने अडान लिनुभएका सभामुख अग्निप्रसाद सापकोटा सदनमा टेबलका लागि तयार हुनुभएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले असहमति राखेको थियो । प्रमुख प्रतिपक्ष एमाले भने बैठकमा सहभागि भएन । सरकारले एमसीसी अघि बढाए पनि एमालेले सदनमा अवरोध कायम राख्ने घोषणा गरेको छ ।