स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

५ फागुन, काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।

निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि बिहिबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।

दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

You can share this post!

तमानगाउँको ढाका कपडाले पाएन बजार

संसदले एमसीसी टुंगो लगाउनैपर्छः प्रधानमन्त्री देउवा

Related posts