पछिल्लो २४ घन्टामा थपिए १९५७ कोरोना संक्रमित

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४ र ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हाल देशभर ३६ हजार १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा ४५१ संक्रमित थपिएका छन् । काठमाडौंमा ३३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा १९१०४ सक्रिय संक्रमित छन् ।

You can share this post!

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

नेकपा एमाले बेनी नगर कमिटिद्वारा प्रशिक्षण कार्यक्रम

Related posts