म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय प्रतिनिधि किरणराज शर्मा पौडेलले उक्त अभियानबारे जानकारी गराउनुभएको थियो ।
दश दिन सम्म संचालन हुने अभियान अन्तर्गत वडाको वार्षिक, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) र जिल्लामा वार्षिक सम्मेलन,जिल्ला कार्यसमितिलाई पुर्णता,विभाग गठन ,भातृ र शुभेच्छुक संगठनलाई पुर्णता दिने लगायत कार्यक्रमहरु रहेका नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले जानकारी दिनुभयो । वार्षिक कार्यतालिका अनुसार म्याग्दीमा यसअघि नै जिल्लाका केही वडा र पालिका बाहेकका अन्य वडा र पालिकाहरुमा सम्मेलन सम्पन्न भइसकेका छन् ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा पुर्व वैकल्पिक केन्द्रीय सदस्य पौडेलले आगामी महिना भदौ १० गतेदेखि २४ गतेसम्म संचालन हुने ‘समुदायमा कांग्रेस’ सार्वजनिक अभियानको तयारी स्वरुप यो अभियान संचालन गर्ने परेको बताउनुभयो । अभियानबाट जिल्ला मातहतका सबै कार्यसमितिले पुर्णता पाउने तथा सबै तहमा बैठक र सम्मेलन नियमित हुने उहाँको भनाइ छ । ‘अभियानले वार्षिक कार्यतालिका बनाउनेछन् ,पार्टी र जनप्रतिनिधि विचको सम्मबन्धलाई थप प्रभावकारी बनाउन सघाउ पु¥याउनेछ ,’उहाँले भन्नुभयो ,‘ अभियानले तल्लो तह सम्मका कार्यकर्ताहरुमा उत्साह थप्ने विश्वास छ ।’ साथै उहाँले सरकार र जनप्रतिनिधिले गरेका राम्रा कामहरुलाई जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सभापति तथा संघीय सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कांग्रेस म्याग्दीले वार्षिक कार्यतालिका अनुसार यसअघि नै अभियान संचालन गरिरहेको बताउनुभयो । सांगठनिक कार्यक्रमहरुलाई साउन ३० गतेभित्र सम्पन्न गर्ने जानकारी गराउनुभयो । उहाँले जिल्ला स्थित निर्माणाधिन योजनाहरुलाई पुर्णता दिन,योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि आफुहरुले काम गरिरहेको बताउनुभयो । उहाँले जनसंख्या,भुगोल र आवश्यकताको आधारमा योजनाहरुलाई बजेट विनियोजन भएको जानकारी गराउँदै बाँकी तथा छुटेका योजनाहरुलाई थप गरी बजेट सम्बोधन गर्न पहल भइरहेको बताउनुभयो ।
निर्माणाधिन बेनी–दरबाङ र राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गराउन तथा जोखिम क्षेत्रहरुमा समस्या समाधान गर्न समेत आफुले पहल गरिरहेको जानकारी गराउनुभयो । प्रदेश र संघमा गठबन्धनको सरकार हुँदा जिल्लामा बजेट ल्याउन सहज भएको बताउनुभयो । योजना कार्यान्वयनका लागि जिल्ला स्थित सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । पार्टी र जनप्रतिनिधि मार्फत भएका विकास निर्माण संगै पहलका कामहरुको जनतासमक्ष पु¥याउनुपर्नेमा उहाँको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचन,कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्यद्धय जानुका पन्त र अजित क्षेत्रीले अभियानले पार्टी तथा जनप्रतिनिधिहरु विचको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताउनुभयो । जिल्ला सचिव भरत रकालले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति हरिकुमार श्रेष्ठले स्वागत र उपसभापति केबी भण्डारीले पार्टीको जिल्ला स्थित आन्तरिक संगठनको बारेमा जानकारी गराउनुभएको थियो