धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल

गत असोज पछि रित्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिले पूर्णता पाएको छ ।धौलागिरी व्यवस्थापन समितिको अध्यक्षमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ निवासी नारायण प्रसाद शर्मा पौडेल नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष २१ गते पौडेललाई अस्पताल व्यवस्थापन समितिमा तीन वर्षका लागि नियुक्त गरेको हो । तर अस्पतालमा पौडेलले भने अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन ।

मन्त्रालयले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७८ दफा १ बमोजिम अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल रहनेगरी ९ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ । अस्पताल व्यवस्थापन समितिको सदस्यमा बानपा–४ का धनमाया शर्मा, बानपा–१४ का लक्ष्मी देवि जिसी, बानपा–३ का कृष्ण शंकर श्रेष्ठ, बडिगाड–१ का रुन माया थापा र बानपा–३ निवासी गगन बहादुर पुनलाई नियुक्त गरेको छ ।

यस्तै उद्योग वाणिजय संघ बागलुङ, बागलुङ नगरपालिका प्रतिनिधि र मेडिकल सुपरीटेण्डेण्ट सदस्य रहने व्यवस्था छ । धौलागिरी अस्पतालमा व्यवस्थापन गठन गरिएको पत्र मन्त्रालयले पठाएको अस्पतालका सूचना अधिकारी अन्जना पौडेलले जानकारी दिनुभयो ।

 

You can share this post!

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै, आज ४१ जना थपिएसँगै सक्रिय संक्रमित ३१० पुगे, आवश्यक सतर्कता अपनाउन आवश्यक

थप ६,८२७ जनामा कोरोना संक्रमण, एकै दिन १० जनाको मृत्यु

Related posts