तिर्खाले प्याक प्याक कैदी मानव अधिकार आयोग सँग नै हारगुहार

पटकपटक जेलर मार्फत सम्बन्धित पक्षमा खबर, पत्रचार तथा ज्ञापन पत्र बुझाए पनि आफ्नो माग सुनुवाइ नभए पछि म्याग्दीका कैदीबन्दीहरुले राष्ट्रिय मानवअधिकार आयोग सँग हारगुहार गरेका छन् । आइतबार राष्ट्रिय मानव अधिकार आयोगका अयुक्त सुदिप पाठक कारागारको निरीक्षण गर्न आएका बेला कैदीबन्दीहरुले हारगुहार गरेका हुन् ।
बेनी नगरपालीका –२ खबरामा रहेको जंगलबाट पानि ल्याएर पिउने गरेको पानीको मुहान मर्मत तथा व्यवस्थापन नहुदाँ कैदीबन्दीले आयुक्त पाठक सँग पानी समेत पिउन नपाएको भन्दै हारगुहार गर्न परेको बताएका छन् ।
त्यसै गरी उनिहरुले सामान्य ज्वरो, रुघाखोकि लाग्दा पनि उपचार पाउन नसकेको गुनासो गरेका छन् । २०७६ साल पुस १७ गते कारागारबाट सिनियर अहेब इन्द्रजीतकुमार साह कर्मचारी समायोजन मार्फत त्रिवेणी गाउँपालिका नवलपरासी गए पछि सामान्य बिरामी पर्दा समेत उपचार पाउन नसकेको गुनासो गरेका हुन् । कारागारमा बसेका एक कैदीले मानव अधिकार आयोग सँग नै घुमाउरो रुपमा प्रश्न पनि गरेका छन् हामी २५ जना पुरुष र ७ जना महिला बस्न मिल्ने क्षमता भएको स्थानमा कसरी ११७ जना पुरुष र ९ जना महिला बसेका छौं होला ? विगतका दिनहरुमा पनि मानवअधिकार आयोग तथा सम्बन्धित निकाएबाट पनि अनुगमनका क्रममा पनि आफु हरुले बेलाबेलामा यहि माग राखे पनि सुनावाइ नभएको उनको भनाइ थियो ।


क्षमता भन्दा बढी मात्रामा कैदी बन्दी राख्दा छाला सम्बन्धि रोग निश्कीएको बताउँदै कैदी बन्दीहरुलाइ लक्षीत गरेर शिवीर सञ्चालन गर्न अनुरोध गरेका छन् । उनिहरुले २ वटा मात्रै शौचालय भएकाले शौच जानका लागी समेत लाइन बस्नुपर्ने अवस्था भएको बताएका छन् ।
त्यसैगरी जेलर राजेन्द्र शर्माले कारागारमा भएका समस्याका बारेमा विभाग तथा सम्बन्धित निकाएमा पत्रचार तथा ध्यान आकर्षण गर्दा समेत माग सुुनुवाइ नभएको बताएछन् । उनले आफु सँग चार जना कार्यालय सहयोगी, सहायक कम्यूटर अपरेटर एक र साहायक लेखापाल एक जनाले मात्रै कारागार व्यवस्थापन तथा सञ्चालन गर्नु परेको बताएका छन् । उनले स्वाथ्य मन्त्रालयमा स्वाथ्यकर्मी उपलब्ध गराउन पटकपटक ध्यानाकर्षण गरेपनि अझै सम्म सम्बन्धित विभागले कुनै उक्तर समेत नपाठाएको बताए । त्यसैगरी प्रशासन तर्फको ना.सु सिव गौतमलाइ गृहमन्त्रालय बाटै कागजमा
सिर्दीबास सिमा प्रसाशन कार्यालय गोरखामा खटाएको बताए । न त पद खालि नै छ लोकसेवा सँग कर्मचारी माग्न जानलाइ न त कर्मचारी नै छन् । न कैदी बिरामी हुदाँ अस्पताल सम्म लैजानका लागि गाडि नै छ । प्रहरीको गाडि वा एम्बुलेन्स् नै डाक्नु पर्छ रातमा कोही बिरामी नै भए भनेत आपत नै हुन्छ उनले भने । अनुगमनमा अायाेगकाे टाेलि सँगै प्रजिअ उमाकान्त अधिकारी सहित शुरक्षा निकाएका प्रमुख हरूकाे उपस्थिति रहेकाे थियाे ।

You can share this post!

नेकपा र काँग्रेसको पार्टी प्रवेश गराउने होडबाजिले जिल्ला भित्र कोरोनाको जोखिम बढ्यो

ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक जना घाईते

Related posts