एकै परिवारका चार जना मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०  बुद्बुदीमा  एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उनका नौ वर्षीय छोरा नीरज, अर्का आठ वर्षीय छोरा चीरञ्जीवी र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटना अस्ति शुक्रबार रातिकै भए पनि हिजो बेलुका मात्रै सार्वजनिक भएको थियो । हिजो बेलुका सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ ।

मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।

घटनाको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

You can share this post!

कोरोना नियन्त्रणका लागि एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

Related posts