प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानीयाँ चयन

म्याग्दी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा भुपेन बानीयाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन हुनुभएको छ ।

१५ सदस्यीय कार्य समितिमा १ सदस्य पछि मनोनित गरिने अध्यक्ष बानीयाँले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज, प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले पत्रकारिताले समाज र देश परिवर्तन गर्ने सक्ने तागत राख्ने भएकाले पत्रकार आफ्नो पेशा प्रति सधै संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।

कलममा शक्ति छ, शक्तिको सदुपयोग हुने गरि चलाउनुस, सांसद थापाले भन्नुभयो । उहाँले पत्रकार सवैको साझा भएकाले समाचार सत्य र सन्तुलित हुनुपर्ने बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले जिल्लामा संचालित संचार माध्यम र त्यहाँ आवद्ध पत्रकारहरुको सवलिकरण तथा बिकासका लागि स्थानीय सरकारको दायित्व हुनुपर्ने बताउनुभयो ।

उहाँले पाठकले पत्रिका किनेर पढ्नु पर्ने भन्दै त्यसका लागि पत्रकारले खोजमूलक तथा जनचासोका समाचारहरु प्रकाशन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्माले चौतारी पत्रकारहरु उत्पादन गर्ने तथा संरक्षण गर्ने संगठन भएको बताउनुभयो । म्याग्दीमा चौतारीको संगठन बलियो भएको र पत्रकार महासंघको पनि नेतृत्व गरेको संगठन भएकाले यसको गरिमालाई जोगाई राख्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन समारोह प्रेस चौतारी म्याग्दीका सहसंयोजक प्रताप बानीयाँको अध्यक्षता र सह संयोजक अमित बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

म्याग्दी बहमुखी क्याम्पसमा नयाँ संचालक समितिको पदभार ग्रहण

प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार खड्का र बास्कुने सम्मानित

Related posts