प्रतिभाका धनि राजकुमार परियार

म्याग्दी । प्रतिभा जो कोहि संग हुँदैन, त कसैसंग भने प्रतिभाको खानी नै भेटिन्छ । म्याग्दीका युवा राजकुमार परियार प्रतिभाको निकै धनि हुनुहुन्छ । जिल्लाको रघुगंगा गाउँपालिका २ स्थायी घर भई हाल पर्वत बेनीमा बस्दै आउनुभएका परियार भित्र अथाह कला रहेको छ । खेलकुद र कलाकारिता दुवै विधामा पोख्त परियार सानै उमेर देखिनै कलाको क्षेत्रमा अधिक रुचि राख्नुहुन्थ्यो ।

परियार तेक्वान्दो खेलका खेलाडि तथा प्रशिक्षक हुनुहुन्छ भने म्याग्दी जिल्ला कबड्डी संघका अध्यक्ष समेत हुनुहुन्छ । कुशल नृत्यकार रहेका परियार नृत्य प्रशिक्षक समेत हुनुहुन्छ । परियार राम्रो फुटबल खेलाडि पनि हुनुहुन्छ भने लोक गायनमा तर्फ पनि निकै मिठो स्वर उहाँको रहेको छ । २०६६ सालदेखि नृत्य प्रतियोगिताहरुमा सहभागीहुन थाल्नुभएका परियार जिल्ला तथा जिल्ला बाहिर हुने थुप्रै प्रतियोगिताहरुमा प्रथम हुनुभएको छ ।

तेक्वान्दो खेलको राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागी हुनुभएका परिवारले उक्त खेलबाट पनि विभिन्न पदकहरु हात पार्नु भएको छ । म्याग्दी महोत्सवमा आयोजित नृत्य प्रतियोगीतामा लगातार ४ पटक सम्म प्रथम स्थान हासिल गरेको परियारको समुह २०७३ सालमा बेनीमा आयोजना भएको प्रथम धवलागिरी सांस्कृतिक महोत्वसमा पनि प्रथम नै बन्न सफल भएको थियो ।

म्याग्दी मात्रै नभएर जिल्ला बाहिर हुने विभिन्न प्रतियोगितामा पनि उहाँले प्रथम स्थान हासिल गर्नुभएको छ भने थुप्रै अवार्डहरु समेत प्राप्त गरिसक्नुभएको छ । म्याग्दी जिल्लाका अधिकासँ गाउँहरुमा हुने मेला पर्वमा उहाँले आफ्नो नृत्य कला प्रस्तुत गर्दै आउनुभएको छ । नृत्यको क्षेत्रमा आफै नाचेर थुप्रै सफलताहरु हात पारेपछि हाल परियार नृत्य प्रशिक्षकको रुपमा अगाडि आउनुभएको छ । बेनी बजारका सरकारी तथा नीजि विद्यालयहरुमा समेत नृत्य प्रशिक्षण गर्दै आउनुभएका परियारले प्रशिक्षण गरेका विद्यालय तथा विद्यार्थीहरुले जिल्लामा हुने मावि स्तरीय लोकनृत्य प्रतियोगीताहरुमा पनि उत्कृष्ट स्थान हाँसिल गर्न सफल हुनुभएको छ ।

जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरको आयोजनामा प्रत्यक बर्ष संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा परियार कवड्डी खेलको मुख्य अफिसियलको जिम्मेवारी तथा भूमिकामा देखिनुहुन्छ । खेलकुद र नृत्यको क्षेत्रमा मात्र होइन परियार मोडलिङको क्षेत्रमा पनि अग्रसर हुनुहुन्छ । नकुल ढकालको “हाई भन जवानी फर्कन्छ” गीतको म्युजिक भिडियोबाट उहाँले मोड्लिङको यात्रा सुरु गर्नुभएको हो । गायक÷मोडेल÷निर्देशक धुव्र जिसीले उहाँलाई मोडलिङको क्षेत्रमा प्रवेश गराउनुभएको परियार बताउनुहुन्छ ।

त्यसपछि उहााँले “मनमा माया चोखो छ सानु”, “गुनासो पोख मायाले” तिजी गीत लगायतका म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । दर्शकको माया, साथीभाईको हौसला र आफूले पाएको विभिन्न पुरस्कार, अवार्ड उहाँका प्रेरणाका स्रोत हुन् । “मैले गर्ने हरेक कर्ममा खुसी महसुस गर्छु,कलाकारिता र खेलकुदको क्षेत्रलाई संगसंगै अघि बढाउने चाहा मेरो छ” परियारको भनाई छ । आफ्नो जीवनलाई खेलकुद र कलामै समर्पित गर्दा आनन्द मिल्ने बताउने परियारले खेल खेलेर, खेलाएर र अरुहरुलाई नचाउन सिकाएर आफु र आफ्नो परिवार चलाउन सक्ने अवस्थाको सृजना देशमा हुन नसकेको प्रति भने गुनासो रहेको छ ।

हाल बेनी नगरपालिका ७ मा रहेको मंगला आमा समुहमा आवद्ध आमा तथा दिदीहरुलाई नृत्य प्रशिक्षण गराईरहेका परियारले आमा समुहले मासिक रुपमा दिने पारिश्रमिक रकमले परिवारको गुजारा चलाउँदै आएको बताउनुहुन्छ । तेक्वान्दो खेल खेल्ने क्रममै प्रेम विवाह गर्नुभएका परियारको श्रीमति ममता गर्वुजा पनि कुशल तेक्वान्दो खेलाडी हुनुहुन्छ । हाल एक छोराको पिता समेत रहेका परिवारले खेल र कलाकारितामा निरन्तर कर्म गर्दै, बुढ्यौली उमेरमा पुग्न थाल्नुभएका आफ्ना आमालाई खुसि दिने सपना बुनीरहनुभएको छ ।

You can share this post!

गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’ जापानले बालगृहका बालबालिकालाई सहयोग

बावियाचौरमा बहुउद्देश्यीय कवर्ड हल निर्माण

Related posts