पुलाचौर बलत्कार घटनामा संलग्न ३ जना अभियुक्त पक्राउ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा गत कार्तिक २ गते एक महिलालाई जबरजस्ती करणीमा संलग्न ३ जना अभियुक्त पक्राउ परेका छन ।

सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेहरुमा बेनी नगरपालिका ५ पुलाचौर बस्ने बर्ष २२ को प्रकाश रामदाम, बर्ष १८ को प्रवेश रामदाम र सोही ठाँउ बस्ने बर्ष २४ को हिटमेन बानीयाँ रहेका छन ।

अभियुक्त मध्य प्रकाशलाई रुपन्देही बाट र प्रवेश र हिटमेनलाई पोखराबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जानकारी दिनुभयो । ति महिला घरमा सुतिरहेको अबस्थामा झ्याल फोडेर भित्र पसि जबरजस्ती करणी गरेका उनीहरु घटना लगत्तै फरार रहेका थिए ।

फरार अभियुक्तको खोजी कार्यमा प्रहरीले बिभिन्न बिधि तथा प्रविधिको प्रयोग गरेको थियो । पक्राउ गरेपछि म्याग्दी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रनाउ राईले बताउनुभयो । घटना भएको २० दिन पुगीसक्दा पनि अभियुक्त पक्राउ नहुँदा प्रहरी प्रशासनको चौतर्फी बिरोध भइरहेको थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार अठार बर्ष वा सो भन्दा बढि उमेरकी महिला भए सात बर्षदेखि दश बर्ष सम्म कैद सजायँ र सामुहिक रुपमा जबरजस्ती करणी गरेमा थप पाँच बर्षसम्म कैद सजायँ हुने कानूनी ब्यबस्था रहेको छ ।

You can share this post!

अर्जमका भिम बहादुर श्रेष्ठ परिवार देखि सम्पर्क बिहिन

लिमीका किसानलाई जग्गामा हिउँ जमेपछि उवा छर्न सकस

Related posts