एमालेको गण्डकी अधिवेशनको तयारी पुराः अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सोमबार पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

१५ र १६ गते हुने अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट ¥याली हुने शर्माले जानकारी दिएका छन् । अधिवेशनबाट नेतृत्व सहमतिबाटै चयन गर्ने गरी प्रयत्न गरिरहेको शर्माले बताए ।

‘सहमतिको विषयमा टाइमटेबल हुने कुरा भएन । अन्तिम अवस्थासम्म हामी प्रयत्न गर्छौं । तर, आन्तरिक प्रतिस्पर्धा नै हुने भए मेसिनबाट भोटिङ गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

उद्घाटन सत्रपछि लगत्तै बन्द सत्र सुरु हुने नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ । निर्वाचन हुने स्थिति आए १६ गते मतदान गरेर १७ गते साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको प्रदेश अध्यक्ष शर्माले जानकारी दिए ।

‘१ हजार जनाभन्दा बढीलाई पोखरामा राखेर ढिलो गर्दा बढी खर्चालु पनि हुन्छ । मेसिनबाटै भोटिङ गर्ने भएकाले सकेसम्म १७ गते साँझसम्म रिजल्ट आउन सक्छ,’ उनले भने । onlinekhabar

You can share this post!

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

मोना पोर्तुगलको अध्यक्षमा नर प्रसाद फगामी

Related posts