दरबाङ बजार अनुगमनः अखाद्य वस्तु जफत गरि नष्ट गरियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरबाङ बजारको पसल अनुगमन गरिएको छ । अनुगमनको क्रममा विभिन्न पसलबाट उपभोग्य अवधी समाप्त भएका करिब दश हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ,  विस्कुट लगायत खाद्य सामाग्रीहरुको जफत गरी नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ ।

होटल, खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताउनुभयो ।

बुधबार १५ वटा खाद्य व्यवसाय (किराना, होटल र उद्योग) अनुगमन गरिएको छ । भने नमुना संकलन समेत गरिएको छ । ‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३, ४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ,’ उहाँले भन्नुभयो ।

अनुगमनमा खाद्य निरिक्षक अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सहन्सा मेहता, मालिका गाउँपालिकाबाट राजेश थापा मगर, शिक्षित पराजुली ,असुन रिजाल, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका उपाध्यक्ष खड्क छन्त्याल र सचिव अमृत सापकोटा, जिल्ला प्रशासन कार्याल म्याग्दीबाट लिलाबहादुर चोखाल, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीबाट सन्तोष ढुङ्गाना, मालिका गाउँपालिकाबाट शिक्षित पराजुली, इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी सहायक निरिक्षक बलबहादुर खड्का लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसअघि पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र तत्कालिन घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले अनुगमन गरेको थियो ।

 

You can share this post!

प्रतिष्ठान म्याग्दीको कार्यालय संचालनमा जिसी परिवारको सहयोग

प्रकाश माविद्वारा आयोजित विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम

Related posts