मुस्ताङमा प्रतिनिधिसभा र दुई प्रदेशसभामा काँग्रेस विजयी

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी हुुनुभएको छ । उहाँले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराउनुभयो ।

योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ ।
मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नम्डु गुरुङ र प्रदेशसभा (२) मा विकल शेरचन विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गर्नुभएको हो ।

गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाउनुभएको थियो । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुनुहुन्छ । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत ल्याउनुभएको छ ।

You can share this post!

मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन विजयी

एमालेलाई चेक एन्ड ब्यालेन्स गर्ने तेस्रो शक्ति खोजे

Related posts