फोनिज म्याग्दीद्धारा नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र

बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)म्याग्दीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीले नेपाल पत्रकार महासंघलाई म्याग्दी शाखा मार्फत ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्र फोनिज म्याग्दीका अध्यक्ष साधन राम्जाली ,सचिव समिर रोका र कोषाध्यक्ष धनिलाल गर्बुजाले पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम मार्फत केन्द्रलाई ज्ञापन–पत्र पठाएको हो ।

फोनिजका अध्यक्ष राम्जालीले इतिहासको तथ्य र प्रमाणहरूका आधारमा संस्थापक अध्यक्ष श्रेष्ठ भएकाले प्रमाणका आधारमा संस्थापक अध्यक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।

ज्ञापनपत्रमा संस्थापक अध्यक्ष भनेर हालसम्म उल्लेख गरेको गलत विवरणलाई सच्चाएर श्रेष्ठलाई नै संस्थापक धोषित गर्न थप दवावमुलक कार्यक्रमहरु समेत ल्याउने फोनिजले जनाएको छ ।

नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई राखेको छ । अग्रज नेतृत्वले अतुलनीय योगदानलाई सम्मान गदैं संस्थापक परिवर्तन नभई तथ्यमा रहेर स्थापित गर्न खोजेको फोनिजले जनाएको छ ।

बिस २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । बि.स २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो ।

थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्य साथ संघको पुनर्गठन गरिएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष गौतमले ऐतिहाँसिक तथ्य र प्रमाणलाई परिवर्तन गर्न नसकिने भएकाले योगदानलाई जिवन्त रहने गरी थप अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

उहाँले ज्ञापन पत्रलाई केन्द्रिय कार्यालयमा पठाइएको बताउनुभयो । ज्ञापनपत्र बुझने कार्यक्रममा महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष अमित विश्वकर्मा लगायतको उपस्थिीति रहेको थियो ।

You can share this post!

तिज गीतमा सफल महिला सहकारीको समूह प्रथम

मिडिया काउन्सिल विधेयक संसदमा, पत्रकारलाई १० लाखसम्म जरिबाना गर्ने अधिकार

Related posts