एक साता सम्म मुस्ताङको घरपझोङका विद्यालय बन्द

बुधाबार देखि मुस्ताङको घरपझोङ गाउँपालिकाको विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा गठन भएको स्थानीय कोभिड(१९ संकट व्यवस्थापन समितिले विद्यालय कार्तिक १९ गते सम्मका लागि बन्द गरेको हो । मुस्ताङ बाहेक अन्य जिल्लामा कोरोना का कारण विदालय बन्द अवस्थामा भए पनि बाहिर बाट आउनेको संख्यामा कडाई गरी गाउँपालिका भित्रका विद्यालयहरु सञ्चालन भईरहेका थिए । तर समुदाय स्तरमा पहिलोपटक कोरोना संक्रमण देखिए पछि पालिका भित्र संञ्चालनमा रहेका सबै विद्यालयको पठनरपाठन बुधबार ११ बजे देखि एक साताका लागि बन्द गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।
घरपझोङ गाउँपालिकाको बुधबार बसेको आकस्मिक सीसीएमसी बैठकले विद्यालय तथा समुदायस्तरमा कोरोना जोखिम बढेको भन्दै उक्त निर्णय गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनु भयो ।
अध्यक्ष थकालीका अनुसार मुस्ताङमा समुदायस्तरमा पहिलो पटक कोरोना पोजिटिभ संक्रमित भेटिएपछि संक्रमण जोखिम रोकथाम तथा न्यूनिकरण गर्नका लागि स्थानीय कोभिड–१९ संकट व्यवस्थापन समितिले पालिका भित्रको क्षेत्रमा सरकारी सवारी साधन, सुरक्षा निकायका सवारी साधन र एम्बुलेन्सबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको आवतरजावत बन्द गर्ने निर्णय गरेको छ ।
दसैं तथा अन्य कामकाजका लागि जिल्ला बाहिर रहेका जनप्रतिनिधि, सरकारी तथा संघसंस्थाका कर्मचारी, शिक्षक तथा अन्य सर्वसाधारणले ७२ घण्टे पीसीआर रिपोर्ट अथवा अनिवार्य एक साता होम क्वारेन्टिनमा बस्नु पर्ने जनाएको छ ।

You can share this post!

बेनी अस्पतालकी नर्स, प्रहरी जवान र रघुगंगा हाइड्रो पावरका कर्मचारीगरी ५ जनामा कोरोना पुष्टि

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

Related posts