मंगलामा एमालेको प्रशिक्षणः नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका ६ वटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने जिल्ला कमिटी बैठकको निर्णय अनुसार स्कुल विभागको संयोजन र पालिका कमिटीको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सह–इन्चार्ज नरदेवी पुनले पार्टीको संगठन निर्माण र परिचालन, प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तह निर्वाचन समिक्षा र आगामी निर्वाचनको रणनीतिको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै प्रदेश कमिटी सदस्य ममतादेवी शर्माले राज्यको पुनःसरचना र स्थानीय तह संचालन ऐन, र जिल्ला कमिटी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख बालकृष्ण सुवेदीले पार्टी र स्थानीय सरकारको अन्तरसम्वन्धको विषयमा सहजीकरण गर्नुभएको नेकपा एमाले मंगला गाउँपालिका कमिटी सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मंगलाबाट प्रतिनिधित्व गरेका जिल्ला कमिटी सदस्यहरु, जिल्ला सल्लाहकार परिषदका सदस्यहरु, पालिका कमिटीका सदस्यहरु, पार्टीको वडा कमिटी अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरु र निर्वाचित जनप्रतिनिधिकरुको उपस्थिति रहेको थियो ।

जिल्ला कमिटीको निर्णय अनुसार हाल सम्म साउन २० गते अन्नपूर्ण र साउन २३ गते रघुगंगा गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भने विहिबार मालिका गाउँपालिकामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने स्कुल विभागका संयोजक सुवेदीले बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज पुनले पार्टी बलियो हुनका लागि वडा, पालिका तथा जनवर्गीय समेतको संगठन बलियो हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा गठवन्धनका विरुद्ध नेकपा एमाले एकलै चुनाव लड्दा पनि पालिकाको १२ सिट मध्य ७ सिट र २२ वटा जितेको बताउँदै यो सवै संगठन बलियो हुँदाको परिणाम भएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पनि पाँच दलिय गठवन्धन भईसकेकाले नेकपा एमाले एक्लै चुनावमा होमिने बताउनुभयो । त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य श्रेष्ठले देशको विकास गर्ने र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले हो भन्ने जनताले बुझिसकेकाले आगामी निर्वाचनमा जनताले लोकप्रीय मत दिई एमालेलाई विजयी गराउने बताउनुभयो ।

साथै उहाँले पार्टीको गतिविधिमा सक्रिय हुन सवै संगठनका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह समेत गर्नुभएको छ । पालिका कमिटीका अध्यक्ष सत प्रसाद रोकाले मंगलामा एमालेको विरासतलाई कायम राख्नका लागि पालिका कमिटी सक्रियताका साथ लागिरहेको बताउनुभयो ।

प्रशिक्षण कार्यक्रम पालिका कमिटी अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष पेमा अधिकारीको स्वागत र सचिव चिरञ्जीवि शर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

महंगी र भ्रष्टाचार विरुद्ध नेकपा एमालेको विरोध प्रदर्शन

दरबाङमा बजार अनुगमन

Related posts