अन्नपूर्णको महभिरमा गाँजा फँडानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रहरीले गाँजा फँडानी गरेको छ । गाउँपालिकाको वडा नम्वर ७ महभिरमा करिव १ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फँडानी गरि नष्ट गरिएको हो ।

बुधवार विहान प्रहरी अस्थायी पोष्ट तिप्ल्याङबाट प्रहरी सहायक निरिक्षक भिम बहादुर छन्त्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजाका रुखहरु काटेको हो ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार उक्त कार्य गरिएको हो । बस्ती वरपर, खेतबारीको छेउछाँउ र हिडडुल गर्ने बाटो नजिक प्राकृतिक रुपमा आफै उम्रिएका पाँच सय वटा गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गाँजा फँडानीमा महभिरका स्थानीयले समेत सघाएका छन । पछिल्लो समयमा म्याग्दीका विभिन्न स्थानमा सार्वनजनिक ठाउँमा आफै उम्रिएका तथा स्थानीयले खेतवारीमा लगाएका भाङगोलाई समेत युवाहरुले गाँजाको रुपमा प्रयोग गर्न सक्ने भन्दै प्रहरीले नष्ट गर्दै आएको छ ।

विशेष गरि युवाहरुले लागु औसधको रुपमा प्रयोग गर्ने भएकाले गाँजाको बोट नै नष्ट गर्नुपरेको प्रहरीको भनाई छ । यसअघि गत हप्ता जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्वर ३ सोल्वाङमा पनि करिव १ रोपनी क्षेत्रफलको जमिनमा आफै उम्रिएका एक सय बढि गाँजाको बोटहरु ताकम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीद्वारा फँडानी गरिएको थियो ।

यता जिल्लाका बैचारिक युवा तथा सरोकारवालाहरुबाट भने प्रहरीको यो कार्यको सामाजिक संजालमार्फत आलोचना हुन थालेको छ । स्थानीयले चटनी खानका लागि उत्पादन गरेको भाङ्गोलाई प्रहरीले गाँजा भनेर नष्ट गर्नु गलत रहेको उनिहरुको भनाई छ ।

 

You can share this post!

म्याग्दीकाली संचार सहकारीद्वारा मेयर केसीलाई बधाई ज्ञापन

खेलकुद महासंघको जिल्ला अधिवेशन आगामी भदौ २५ मा हुने

Related posts