बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ भेरियन्टुको कोरोना पुष्टि

बेलायतबाट नेपाल आएका तीन नेपाली नागरिकमा नयाँ ुभेरियन्टुको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका ६७ र ३२ वर्षीय दुई पुरुष र २८ वर्षीया महिलामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बेलायतबाट नेपालमा आएका छ जना नागरिकको नमुना संकलन गरेर परीक्षण गर्न २७ पुसमा विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । ६ जनामध्ये तीन जनामा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएको हो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

You can share this post!

नेतालाई सत्ताकाे पिर, कस्ले सुन्छ ऋण तिर्न घरबास बेच्दै गरेका उखु किसान पिडा

गण्डकी प्रदेश सरकारकाे लाेकप्रिय याेजना एक अर्ब निर्व्याजी ऋण बाँड्ने, क-कसले पाउँछन् ऋण ?

Related posts
error: Content is protected !!