प्रेमिल जोडीको प्रेमकथा झुम्का दिएर उनलाइ मनको कुरा भन्ने योजना बनाएँ

वसन्त रितु को आगमन संगै साच्चैनै रोमान्चित हुन्छ काठमाडौं । रत्नपार्कको गल्ली भर्खर मात्र बर्षाले पखालेका सडक र रुखको धुलो । घाम लाग्न खोज्दै छ बादलको सानो चर बाट । हटाउदै छन् फुटपाथका पसलेहरु ले पानी पर्दा ढाकेका प्लाष्टिक । हल्का मान्छेको चहलपहल संगै जुरमुराउदै छन् उनीहरु पनि । मेरो कान मा इअर फोन छ र बझिरहेको छ गीत एउटा चिट्ठीको साहारा ले …..। त्यो दृश्यलाई अझ मोहक बनाएको छ निलै फुलेको जाकरन्डा ले । काठमाडौंले कति बाध्यता र रहर बोकेर बसिरहेको छ । कति आशा अनि निराशा बोकेर बाचिरहेको छ । कहिले वर्षा संगै दुख बगाउने गर्छ त कैले खुलेको आकाश संगै खुशी व्यक्त गर्दछ । एउटा बध्यताको कथाले मेरो मानस्पटलमा डेरा जमाएको छ ।
म सधैं हिड्ने गल्ली सधैं याद गर्ने फुटपाथ पसले तर आज एक नयाँ अनुहार देख्छु सायद भन्सुन गर्न नसक्ने भएर होला त्यो पसल अलि लास्ट तिर छ । मलाई पसल भन्दा पनि पहिला एक जना युबतीले आकर्षित गरिन् । हल्का सुन्तला रङ्गको कुर्था, लरक्क कोरेर बाटेको त्यो कपाल ,त्यो खाली सिउदो, लजाएर शिर निहुराएकी छिन् सायद पहिलो दिन भएर होला हल्का अफ्ट्यारो मान्दै छिन् आफ्नो सामानको प्रचार गर्न । आफ्नो कानबाट एअर फोन झिकेर गुट्मुटाउदै राख्छु आफ्नो गोजिमा र पूरा आफ्नो ध्यान उनी प्रती नै आकर्षण गर्छु । म प्राय कोठामा जान हतार हुने मान्छे आज मलाई समयको कुनै मतलब थिएन । लाग्दै थियो यो रोमान्चक दृश्यको लागि समय पनि रोकिएको छ मान्छे हरु आफ्नै ठाउँमा मुर्ति झैँ खडा छ्न् र गाडीहरु पनि आफ्नै ठाउँमा रोकिएका छन् मेरो आखाको झिम्काइ र उनले लजाउदै गरेका आखाका इशारा बाहेक सबै ठप्प छन् । म जति जति नजिक जादै छु उनको झन धेरै सन्नाटा छाउछ । मेरो सन्नाटा तब भङग हुन्छ जब उनले सुन्नुहोस न भनेर बोलाउछिन् । सबै माहोल उस्तै हुन्छ गाडीहरु चलिरहेकै छन् र मानिसहरु आफ्नो हतार मै छन् । सबै मानिसहरु हिडिरहेका छन् तर उन्ले मलाइ नै किन बोलाइन् त ? म एक्छिन अढिएँ सायद मलाई हैन होला म उनको सामानको ठेला देखि केइ पाइला अघि बढेको थिएँ । मलाई उनी तर्फ फर्कने हिम्मत आएन यदि मलाइ बोलाएको हैन रैछ भने त्यो रमाइलो पलमा तुसारपात हुने थियो केहि नरमाइलो लाग्थ्यो । म अडिएको देखेर फेरि मधुर स्वर मा ’ सुन्नुहोस न ’ भनिन् । म निस्चिन्त भएँ पक्कै मलाई नै बोलाएको हो । म पछाडि फर्किएर हेरे उनले हास्दै एअर फोन पेन्ट बाट निस्किएको संकेत गरिन् । हत्तेरी हतारमा एअर फोन झिकेर राख्दा बाहिर नै रहेछ । म मुस्कुराएर धन्यवाद भने र उनले पनि केही लाजसंग मिश्रित हिमालका श्रृङखला झैँ मिलेको दन्ते लहर सहित मुस्कान फिर्ता गरिन् । त्यो पलको लागि म उनको मुस्कानको सामु गरुड्को छाँया मुनि को सर्प भएको थिएँ । म मा धेरै बेर त्यहाँ रहने सामर्थ्य रहेन र म आफ्नो गन्तव्य यानी कि आफ्नो कोठा तर्फ लागेँ । यो सायद पहिलो पटक थियो हजारौं यस्ता पसल अगाडि हिंडे होला तर आज कसैको लागि धेरै नै ध्यान गैरहेको थियो या भनौ मन चन्चल भैरहेको थियो। कोठामा पुगिन्जेल मेरो अनुहारमा अनौठो हासो थियो र म तेहि २ मिनेटको क्षण सम्झदै रोमान्चित हुँदै हिडिरहेको थिए आफ्नो डेरा पुतलीसडक तर्फ । गाडीका हर्न पनि मायाको संगीत लागिरहेको थियो । म सोच्दै थिएँ किन यस्तो भैरहेछ । कोठामा पुगे अनि आफ्नो कार्य सम्पन्न गरि सुत्न अगाडि भोलि पनि पक्कै देखिने आशका साथ निदाएँ ।
बिहान म त्यो गल्लीबाट नहिड्ने हुँदा बेलुकाको तिब्र पर्खाइ रहयो । मन तेइ गल्ली मा थियो आँखा घडीको सुइमा अनि हात चाइ अफिसको काममा सायद सहपाठी हरु ले पनि वास्ता गरिरहेका थिए होलान् तर भन्ने आट देखाएनन् सोधेको भए पनि पक्कै म केहि हैन भनेर टारिदिन्थेँ । ५ बज्न नपाउदै मेरा पाइला हरु हतार हतार बढ्न थाले । संगीत संगै रल्लिदै हिड्ने म आज संगीत लाई पनि बेवास्ता गरिरहेको थिएँ । जब गल्ली को पहिलो लाइनमा पुगेँ तब मेरा नयन बिचका सारा बस्तु लाई बेवास्ता गर्दै अन्तिमको पसल मा पुग्यो र हिजो कै कुर्थाको रङ्ग देखियो मन शान्त भयो । मौसम हिजो को जस्तो थिएन । वसन्त ऋतुको मध्याबधी आकाश कालो बादलले ढाकेको थियो । मेरो नजर तेहि रोकियो र खुट्टाका पाइला बिस्तारै बढ्न थाले । मन भन्दै थियो यो गल्ली पार गर्न समय लागोस म केही समय हेर्न पाउँ उनलाइ । जब जब उनको नजिक पुग्थे एकाएक सन्नाटा छायो । सायद हिजो कै घटना दोहोरियो । आकाशको मेघ गर्जन सहित पानी झर्यो आज सबै भागभाग गर्न थाले तब होश आयो । आज उन्लाइ हेर्ने र पसलबाट केही सामान किन्ने मेरो आशामा तुसारपात भयो । उनी एक झलकमै कता हराइन् । म पनि भिजिसकेको हुनाले ओत लाग्न एउटा पसलमा लागेँ मान्छे टनाटन थिए म भन्दा २÷३ जना अगाडि उन्कै रङ्गको कुुर्था लगाएकी एक जना लाई देखेँ मन मा केही आश पलायो के उनी नै थिइन् त ? बोलाउन न मलाइ नाम थाहा थियो न कुनै चिनजानी । म एक दुई मान्छे लाई पन्छाउदै उनको छेउ पुगेँ र उनी म तर्फ फर्किन्छिन् कि भन्दै पर्खिरहेँ । मेरो पर्खाइ बेग्र थियो उनी फर्किइन् तर बिडम्बना उनी थिइनन् मेरो भर्खर पलाएको आशाको मुना भाँचिएको थियो । सायद सधैं मौसम रमणीय बनाउने बर्षा आज मेरो लागि शत्रु निस्कियो । मेरो आश पानी बिदा भैदिए उनी त्यहीँ फर्कने छिन् भन्ने थियो तर आज आकाश पनि निर्दयी बनेर मेरो भर्खर पलाउन थालेको टुसालाई हुर्कन नदिने मनस्थिति बनाएको थियो । पानी झन बेगले पर्न थाल्यो र म पनि आफ्नो छाता ओढेर आफ्नो डेरा तर्फ लागेँ । सायद त्यहाँ जति बसे पनि केहि औचित्य थिएन । हिजो फर्कदा जुन खुशी थियो त्यो पक्कै आज थिएन र जुन कुरा याद गर्दै हिंड्दा पाइला चालेको महशुस भएको थिएन आज पाइला गह्रौ भएका थिए र डेरा सम्म पुग्दा धेरै हिडेको भान भैरहेको थियो ।
काठमाडौंको शहर यस्तो छुट्टिनु भेटिनु सामान्य हो भन्दै मन बुझाउने प्रयास नगरेको पनि हैन तर आखिर किन तृप्त छन मेरा नयन ? के देखेको छ मेरो मन को हेराइ ले ? किन त्यो मुस्कानको बन्दी बन्न आतुर छ मेरो दिल किन ? यी प्रश्नको उत्तर म आफैलाइ थाहा छैन । यो पहिलो पटक थियो कसैको प्रभाब ले येस्तो सोच्न बाध्य बनाएको थियो । म भोलि को दिन लाई पर्खानु बाहेक केहि गर्न सक्दिनथेँ । होटेलमा खाना खाएर बिस्तारामा पल्टिएँ उन्को याद अनि मेरो दिन भरको थकान को निन्द्रा बिच ठूलो युद्ध भयो होला अन्त्यमा निन्द्राले जित्यो म निदाएछु । बिहान उठ्छु उत्साह भन्दा पर्खाइ बढी थियो आज पनि मेरो आँखा दिल अनि हातले तीन तिर काम गर्नु पर्ने छ साथीहरुले पक्कै अड्कल काट्ने छ्न् र म त्यही बेचैनी ले तड्पिने छु । तर बिहान बिहान म्यासेज आयो म आज फिल्डको लागि धादिङ जानुपर्ने छ २÷३ दिनको लागि मलाई नरमाइलो पक्कै लाग्यो तर म अलि छिटो गएर उनलाई नियाल्न पाउनेछु म यो ब्यस्त सहरमा भन्दा डाडा पाखामा उनलाइ सम्झदै बस्ने छु मन पक्कै हलुका हुने छ । खाना खाएर सबै सामान झोला प्याक गरेर निस्किएँ उहीँ गल्ली तर्फ म डेरा बाट जादा उनको पसल अगाडि नै पर्थ्यो । जब नजिक पुगे एक प्रकार को बेचैनी थियो दिलमा यो सायद सबैलाई हुन्छ होला मेरा पाइला हतारमा थिए र मेरो पाइला अनि बेचैन मन केही शान्त भयो उनको पसल नजिक आइपुगे र उनी हिजो भन्दा पनि सुन्दर देखिने हरियो कुर्थामा थिइन् । आज केही बोल्ने आट गर्नु पर्ने थियो । मैले उनको पसलमा के सामान छ भनेर वास्ता गरेको पनि रैनछु जब उनको पसल अघि गएर मोडिए लेडिज सामान मात्र पाइने रहेछ । मैले त्यो कुरा वास्ता गर्नु र उनले “ आफुले चाहानेवाली लाई केइ लैदिदा हुन्छ नि “ भन्नू एकैचोटि पर्यो । को थियो र चाहानेवाली बिगत ४८ घन्टा देखि मेरो दिल दिमाखमा उनिनै बिराज्मान थिइन् । मैले हिम्मत गरे र उनलाइ हेर्दै “ चाहानेवाली त छैनन् भए पछि दिन हुन्छ केही हेरौ न “ भने । मैले ढाटेको थिए । मलाई उनको अनुहार एक एक नियाल्न मन लाग्यो ती लजालु आँखा त्यो हिमनदि ले झैँ काढेको खाली सिउदो र त्यो गहुँगोरो अनुहार र कानमा कुनै झुम्का थिएन केही अभाब देखेँ र झुम्का नै किन्ने निधो गरेँ एक दिन पक्कै उन्लाइ दिने छु र उन्ले पहिलाको सम्बाद बाट अनुमान लगाउने छिन् कि मेरो कोहि हुन उनी पनि । “कति सुहाउछ होला हजुरको हुने वाली लाई यो झुम्का “ एउटा देखाउदै भनिन् । “ तिम्ले लगाएर ट्राइ गर्न सक्छौ ?“ मैले भने । उनि केही लजाइन् तर व्यापार थियो उनले लगाइन् साच्चै नै केही कमि थिएन उनको सौन्दर्यमा जे लगाए पनि सुहाउने रुप थियो मैले तेहि लिएँ र एकछिन अरु सामान हेर्ने बाहानामा बसिराखेँ तर नजिकका पसलेको ध्यान यता परेको भान भयो मैले पैसा तिरेर आफ्नो बाटो लागेँ । कलंकी सम्म पुग्दा मलाइ त्रिपुरेश्वर टेकुको जाम याद भएन मेरो आँखा बाट उनको अनुहार हटेको थिएन लाग्थ्यो त्यो ५ मिनेटको समय सधैं रहिरहोस् । म त्यो झुम्का दिएर नै उनलाइ आफ्नो मनको कुरा भन्ने योजना बनाएँ ।
२ दिन को धादिङ बसाइमा घरदेखि फोन आयो तर मैले सबै भन्दा बढी सम्झेको मान्छे उनी थिइन् न नाम थाहा थियो न घर तर म धेरै नजिक भएको भान हुन्थ्यो । फर्किएँ धादिङ देखि र कलन्की देखि रत्नपार्क पुग्न धेरै नै आतुर भयो यदि म हिडिरहेको हुन्थे भने म दौडँदै रत्नपार्क पुग्थेँ होला । म बेलुका ६ बजे त्यो गल्लीमा पुगेँ सबै पसलेहरु त्यहाँ छ्न् तर मेरो आँखा ले उनको पसल देखेन । मन खिन्न भयो सोध्ने आट पनि आएन कसैलाई । भोलिपल्ट मलाइ अफिसमा बिदा थियो बिश्रामको लागि म तेहि गल्ली तिर लागे तर उनलाइ देखिन के उनी सधैंलाई छोडेर गइन् त वा केही भयो उनलाइ ?
मनमा चैन छैन मौसमले पनि मन को भाब बुझ्दो हो । घना बादल लागेको छ । काठमाडौ हल्का बादल लाग्ने भने चिसो को आफ्नो स्वरुप देखाइ हाल्छ । जति बुझाउदा पनि बुझ्न चाहदैन मन । २ दिन को देख भेट तेस्पछी नभेटेको पनि १० दिन भयेछ । अब म आफ्नो पहिला कै दैनिकी मा फर्कनु बाहेक बिकल्प थिएन । म अफिसको काम संगै ब्यस्त हुन थालेँ र उन्को यादकार पल र झुम्का सायद चिनो भएर रहिरहने छ । तर समयको माग के हो समय एक अदृश्य शक्ति बनेर मानिसलाई परिचालन गरेको छ समयले के चाहन्छ ? त्यो दिन अलि छिटै अफिस छोडेर हिड्दै थिएँ तर मैले पहिलाको जस्तो वास्ता गरेको थिइन म पहिला जसरी कानमा एअर फोन लगाएर सुन्दै एकोहोरो भएर हिडिरहेको थिएँ जब म त्यही गल्ली अनि त्यही ठाउँ पार गर्दै थिएँ संयोग भन्नुपर्छ गीत सकिएर अर्को गीत सुरु नहुनु र कसैले मलाइ हेल्लो भनेर बोलाउनु एकैचोटि पर्यो । म झस्किएँ बोली केही चिनेको जस्तो लाग्यो म रोकिएँ र सिधै मेरा नयनहरु त्यो आवाजको श्रोत खोज्न तेहि पसलतर्फ मोडिए । उनी थिइन् जस्को मैले कति दिन त्यही ठाउँमा प्रतीक्षा गरे उनी थिइन् जस्को एक झलक हेर्न बिदाको दिनमा पनि त्यो गल्ली हिड्ने गरेँ तर कहिले आश पूरा भएन तर आज एक्कासि ? मलाई सोध्न मन थियो किन येस्तो गरेको किन तड्पाएको भनेर तर सोधिन । केही त बोल्लु प¥यो सोचे के भन्नु तै पनि हडबढाएर नै सोधे ’के छ सन्चै छौ’
’ अ ठिक छु अनि तपाइँ ’ उनि बोलिन् । उनको आवाजमा पनि आफ्नोपन झल्किरहेको थियो।
’ १०÷१५ दिन देखिन नि तिम्लाइ ?’ सोधि हाले । कारण थाहा पाउन मन लाग्यो ।
’ अ घरायसी समस्या ’ उनले टार्न खोजिन
म उभिएकै थिए र उनी बसिरहेकै थिइन् उाको अनुहार मा केहि नैराशयका रेखाहरु देखिन्थे पहिलाको जस्तो हसिलो रुप देखिन न त्यो लज्जापन ।
’ म जान्न सक्छु ? ’ म भावनामा बहेर सोध्न त सोधेँ तर मलाइ अझ सम्म उन्को नाम ठेगाना समेत थाहा थिएन ।
’ समय आएपछी भन्छु ल ’ यो पक्कै सामान्य औपचारिकता थिएन उनले पनि केही समय म देखि आश गरेकी थिइन् यो भाब झल्कन्थ्यो ।
’ नाम के हो नि तिम्रो?’ सोध्न अफ्ट्यारो लागे पनि सोध्न त पर्थयो।
’युनिशा’ तपाइँ को ?
’युनिशा के ?’ प्रतिप्रश्न गरे ’मेरो नाम अनुप पौडेल ’
’ युनिशा सापकोटा ’ संकोच नमानी जवाफ दिइन् ।
उनी पसलमा थिइन् मैले ब्यापारमा बाधा पुराएको जस्तो भान भयो र भोलि भेटौला नि है भन्दै छुटिने अनुमति मागेँ । निराशाका ती धर्काहरु चिर्दै उनले मिठो मुस्कानका साथ मलाइ बिदाइ गरिन्। मेरो आज खुशीको सिमा थिएन र म भित्र भित्र रोमान्चित भैरहेको थिएँ । चरा दिनभर भौतारिन्छ टाढा टाढा बाँस बस्न आइपुग्छ आफ्नै पुरानै घर । नारायण गोपाल को गीत बजिरहेको थियो कोठा नजिक आइपुग्दा “ एउटा मान्छेको माया ले पनि ………. “ । कति फरक पार्ने रहेछ एउटा मान्छेको मायाले । मेरो अलिदिन को तड्पाइ अशान्ती केही ठिक भएको थियो । होटेलमा खानापनि कम खान थालेको रहेछु । आज केही बढी खादा साहुनीले पनि केहि परिबर्तनको आभास गर्नुभएछ । थाहा छैन भोलिका दिन हरु मा के हुँदै जाने हो तर उनी फर्कनु मेरो लागि वसन्त ऋतुको पुनरागमन थियो । फुल फुल्न थालेका थिए र कोइलीका कुहुकुहु गुन्जन थालेका थिए । भबिस्य नसोची म बर्तमान मा रमाइरहेको थिए । आज निन्द्रा परेन हावा जोडले चलिरहेको थियो एउटा कुरा मनमा निस्कियो। के घरायसी कारण होला के कारणले होला उनी पढ्ने उमेरमा पसल कुरेर बसेकी छिन् ? पहिला त्यहाँ कोहि थिएन यो छोटो समयमा के बाध्यता पर्यो ? मलाइ यी प्रश्नहरु ले निदाउन दिएनन् पटकपटकको कोल्टे फेराइ पछि बल्ल निन्द्रा पर्यो ।
भोलिपल्ट अफिस सकिएपछि हतारहतार मा त्यहा पुगेँ पहिलाको जस्तो देख्न आतुर थिएन मन मनले त उनी अब मेरै हो सोच्न थालेको थियो उनको समस्याको बारे बेचलन थियो मन । पुगेँ उहीँ अनुहार उनले कुर्था भन्दा अरु लगाउने थिइनन् औपचारिकता भयो। आज मलाई अझ खुल्नु थियो उनि संग ।
’ कता बस्छौ नि ?’ मैले सन्नाटा चिर्दै सोधेँ ।
’येहि मैतिदेवि’ उन्ले भनिन् ’ हजुर कता नि ? अनि के काम गर्नुहुन्छ’ ?
’ पुतलीसडक ’ मैले भने ’ बैंकमा काम गर्छु जग्गा कृषी फार्मको भ्यालुएसन गर्छु ।’
’ अनि तिम्रो पढाई ?’ सोधेँ ’ घर मा को को हुनु हुन्छ ?’
’१२ पास गरेर छोडेको ’ उन्ले भनिन् ’ इयर लस त भाको छैन तर अब पढ्न गारो छ ।’
उनको सबै कुरा ले यो बुझ्न सक्थे कि उन्को समस्या उत्पन्न भएको पक्कै धेरै भयेको छैन । मेरो दोश्रो प्रश्नको उत्तर आएन र मैले जोड दिइन पनि । केही हिम्मत गरेर मोबाइल नम्बर चाहिँ माग्ने आट गरेँ । उनले पनि सायद म जतिको नजिकको पनि कोहि भेटेकी रहिनछ्न् सजिलै दिइन् । बिस्तारै दिन बिते बेलुका केही समय भेट सुत्नु अघि ५÷१० मिनेट फोन कल दिन यसरी नै बित्दै गए । एक दिन बिहान अचानक फोन आयो र उनले वीर अस्पताल आउन सक्नु हुन्छ भनेर फोन राखिन् । एक्कासि उनले किन बोलाइन त वीर अस्पताल के भयो उनलाई ? म एकोहोरिएँ म गहिरो सोच मा डुबेँ के भयो उन्लाइ या कस्लाइ के भयो ? प्रश्नको बाढी आउन थाल्यो । बिहानको समय सडक सुनसान थियो मेरा पाइलाहरु रफ्तारमा बढे दिल बेचैन छ सायद शरीरको अरु अङ्गहरु ले थाहा पाउछन् त्यसैले त आफ्नो भनेको आफ्नै हुन्छ । म वीर अस्पतालको गेटमा पुगेँ फोन गरे ४÷५ घण्टी पछि उठाइन् ।
’कहाँ हुनुहुन्छ’ उन्ले नै सोधिन् ।
’म गेट बाट अगाडि बढेँ ’ मैले भने ’ ल म आउछु ’ भनेर फोन राखिन्
म केही ढुक्क भएँ उनलाइ केहि भएको रहेनछ ।
टाढा बाट दौडदै आएर मलाई अंगालो हालिन् र सुकसुक रुन थालिन् ।
मैले सम्झाउने कोशिश गरे र उनले बाहिर बस्ने ठाउँमा बसेर कुरा गरम भनिन् ।
हामी बस्यौं तर उनले केही कुरा खोलिनन् उनी सायद टोलाइरहेकी थिइन् ।
’ के भन्न खोज्दै छौ?’ मैले नै घच्घचाउने कोशिश गरेँ ।
’ यो कुरा हजुर लाई भनौं कि नभनौ दोधार मा परेको छु’ नजर तल झार्दै खिन्न स्वर मा भनिन्
उनको स्वरमा रात भरको अनिन्द्रा र थकान प्रस्ट झल्किन्थ्यो । जेष्ठ महिनाको अन्तिम हप्ता मन्सुन सुरु हुने क्रममा थियो । हिजो पनि घना पानी परेको थियो । फुटपाथ पसलमा सामान बचाउन धेरै हम्मे हम्मे हुन्छ । आजपनि उनको र मेरो मनको निराशा आकाशले व्यक्त गर्दै थियो । एक छिन पुन सन्नाटा छायो।
’ म तिम्लाइ आफ्नो सोच्छु यदि तिमी आफ्नो सोच्छौ भने भन येस्तो कुरामा कर गर्ने कुरा नि भएन ’ मैले भन्न त भनेँ तर सायद यो अवस्थामा त्यसरी भन्नू हुने थिएन होला ।
’मैले अस्ति न भनेको थिए नि समय आए पछि भन्छु भनेर ’ उन्ले भन्न थालिन् म मौन बसेर उनले भनेका कुरा हरु सुन्न लागेँ ।
’म पनि राम्रो परिवारमा जन्मेको थिएँ बाबा मम्मी अनि म काठमाडौंमा बस्न लागेको पनि १२ बर्ष भयो पुर्खेउली घर लम्जुङ्ग ’ उनी माथी हेर्दै रमाइलो कुरा सम्झदै थिइन् ।
’ एस एल सि सम्म म राम्रोसँग पढिरहेको थिएँ । हाम्रो कस्मेटिक पसल थियो अनि बाबा मिनरल वाटर कम्पनिमा सुपरभाइजरको काम गर्नु हुन्थ्यो ।’ उन्ले भन्दै गइन्
’ बाबा मम्मी हल्का झगडा गर्नु हुन्थ्यो तर माया थियो । एघारमा राम्रो कलेजमा साइन्स पढ्दै थिएँ तर समय सधैं एउटै नहुने रहेछ मम्मी सिकिस्त बिरामी पर्नु भयो । ब्लड प्रेसर एक्कासि हाइ भएर उहाँकै लेफ्ट साइड प्यारालाइसिस भयो । १ महिना २ महिना बित्यो तर ठिक भएन बाबाको व्यबहार बदलिन थाल्यो। मेरो ११ को परिक्षासकिएको एक महिनामा बाबाले मम्मीलाई छोड्ने कुरा गर्नु भयो । कति निर्दयी हुन्छ मान्छेको मन आफ्नो अर्धाङ्गिनी त्यस्तो अवस्थामा हुँदा त्यस्तो सोच आउने ? मान्छे स्वार्थी थियो थाहा थियो तर यति धेरै स्वार्थी ? रुप रङ्ग भैन्जेल न रहेछ अपार मायाको कुरा । मान्छे मान्छे लाई पनि सामान सोच्ने रहेछ एउटा बिग्रेपछि अर्को किनिहाल्ने चाइहाल्ने । अर्को बिबाह गर्नु भयो मेरो पहलमा छोड्पत्र गराएँ अनि पाएको आधा पैसा अनि कस्मेटिक पसलका सामान थिए १२ कक्षाको परीक्षा सम्म जेनतेन त्यहि पैसाबाट चलाएँ । परिक्षा दिएपछि पसलको भाडा अनि कोठा भाडा तिर्न गार्हो भयो । तेहि सामान सारेर १२ को परिक्षा दिए पछि फुटपाथ पसलमा सरेँ । मम्मी कोठामै बस्नु हुन्थ्यो शरीरको केही भाग नचलेनी सहयोग गर्न खोज्ने पहिला १० दिन हराउनुको कारण पनि त्यही थियो र अहिले पनि अझ सिकिस्त हुनु भएको छ । ११ बजे घरबेटिले सहयोग गरेर हस्पिटल सम्म ल्याएको । मेरो नजिकको कोहि भएनन् एक बर्षमा म आफै टाढा भएँ स्वार्थको लागि आफ्नै रगतलाई त छोड्ने मान्छेले एक दुई दिनको सम्बन्ध स्वार्थको लागि नै जोडेको हुन्छन् । तर हजुर संगको भेट हजुरको हेराइ निस्वार्थ थियो हजुर संग बोल्दा हास्दा मैले आफ्नो पीडा पनि भुले ।’ उन्ले आफ्नो शिर बिस्तारै मेरो काधमा राखिन ।
’ अहिले कस्तो छ त मम्मिलाइ ?’ मैले सोधेँ ।
’ बिपि लो गराउने औसधि दिएको छ ’ उन्ले भनिन्
’ केही खान जाउ हिड रात भर बसेको भोक लाग्यो होला तिम्लाइ ’ मैले भनेँ ।
हुन्छ भनेर चिया पसलमा गयौं । उन्ले चिया खादै गर्दा उन्ले एउटा कुरा भन्नू थियो भनिन् । आखिर के कुरा हुन सक्ला त उन्ले किन अगाडी तेत्रो भन्दा भन्न सकिनन् । ? म चाहन्थे उन्ले कुनै कुरा नलुकाइ भनुन् । केही महत्त्वपूर्ण कुरा नै हुन सक्छ । के हुन सक्ला मैले त्यो छोटो समयमा आफ्नो दिमाग चलाएं तर धेरै कुरा आए पनि म तेहि कुरा भनेर किटान गर्न सकिन । मैले के कुरा भनेर सोधेँ । उनको नजर तल थियो र भनिन् “ एउटा सहयोग गर्न सक्नु हुन्छ ?“
“ तिम्रो लागि एउटा के हजार सहयोग गर्छु भन न के हो ? “मैले भनेँ ।
उनले यसरी सोचिरहेकी थिइन् कि मानौ त्यो कुरा मैले दिन असम्भव छ ।
धेरैबेर को मौनता तोडदै उन्ले केही आर्थिक सहयोग चाहिएको कुरा गरिन् । मेरो लागि अचम्मको कुरा थिएन तर उनले सायद यो कुरा गर्न धेरै सोचेकी थिइन् । “ येति कुरा ! कति चाहिएको छ भन मैले सक्ने सहयोग गर्छु ।“ मैले ठुलै कर्तव्यबोध गरे झैँ उत्तर दिएको थिएँ ।
“ धेरै त कसरी माग्न सक्छु र त्यो पसलको सामान नबिकिन्जेल तेस्को उधारो तिर्न छ तीस हजार जति चाहिएको छ ।“ केही खुले झै उनले आफ्नो कुरा राखिन् ।
उनको मम्मीलाई औसधि खुवाउने समय भएको र मेरो पनि अफिस हिड्ने समय भएको ले छुटिनु पर्थ्यो । छुट्ने बेलामा अकाउन्ट नम्बर मागेँ र एकछिनमा पठाइदिन्छु भन्दै कोठा तर्फ लागेँ । कोठामा पुगेर मोबाइल बैंकिङ बाट पैसा पठाएर उनलाइ जानकारी दिएँ र उनले मम्मी ठिक भयेको र आज कोठामा लैजान मिल्ने कुरा राखिन् । म बिस्तारै उनी हुँदै उनको पारिवारिक समस्याको आधार भएको भान हुँदै थियो । उनी संग संगै हात जोडेर हिड्ने जोडि भन्दा पनि श्रीमतिको रुपमा संगै घरबार चलाएको कल्पना गर्न थालेको थिएँ । व्यबहारले उनलाइ १७÷१८ बर्षको उमेरमा नै परिपक्व बनाएको थियो । त्यसदिन त्यही कुरा सोच्दै बित्यो र बेलुका कल गरेँ उनले घरबेटि अन्कल आउनु भएको र संगै कोठामा लिएर गएको कुरा बताइन् । म त्यस् दिन धेरै कुरा र भबिस्य सोच्दै आफ्नो डेरा सम्म पुगेँ ।
समय बित्यो कैले रत्नपार्कको पसलमा त कैले पसल नराख्दा घुम्न जान्थेउ यसरी २÷३ साता बितेछ ।
“ मलाइ नराम्रो त सोच्नु भएको छैन नि ?“ उन्ले खिन्न हुँदै भनिन् ।
“किन के भयो ?“ मैले प्रतिप्रश्न राखे “ किन नराम्रो सोच्नु?“
“ मैले पैसा फिर्ता गर्न सकेको छैन “ उन्ले भनिन्
“ तेति पैसा ?
तिम्ले तिर्न् नै सकिन छौ भनेनी म एक महिना जागिर बाट सस्पेन्ड भएँ सोचौला भयो ? “ मैले माहोल सहज गराउने प्रयास गरे ।
फिस्स हाँसिन उनी मानौ मेरो लागि हाँसेकी छिन् , हजार पिडा सहेर मेरो निमित्त हाँसेकी छिन् बनावटी थियो त्यो हाँसो । मैले रमाइलो कुरा गरेर कति हसाउने प्रयत्न गर्थें तर उनी खुशी हुन सकिरहेकि थिइनन् । उनको अनि मेरो कोठामा आउनेजाने पनि हुन थालेको थियो । हामी सबैको अगाडि प्रेमी प्रेमिका थियौं ।
आइतबारको दिन थियो हिजो सनिवार भर्खर त भेटेको थियौं । रात भर लाइन नभएर भर्खर लाइन आएर मोबाइल खुलेको थियो खुल्ना साथ अफिसबाट कल आयो र १ हप्ताको लागि सिन्धुपाल्चोक जानुपर्ने भयो । मलाइ यो समयमा एक पल टाढा हुन मन थिएन उनी संग तर मायाले मात्र सन्सार चल्दैन रहेछ र गराएको काम गर्नुपर्ने थियो । मैले उनलाइ कल गरे तर उनको मोबाइल स्वित्च अफ थियो । अफिस बाट छिटो आउने भनेको हुनाले म हतारहतार अफिस लागेँ । एक जना सहयोगी संगै बाइकमा जाने कुरा भयो हामी सिन्धुपाल्चोक लागेउ । बाटा् भरि उनको मात्र याद आइरहेको थियो उनलाइ जानकारी नगराइ हिडेको थिएँ कति आत्तिन्छिन् होला उनी । एउटा पसलमा रोकिएर खाना खायौं तेति बेला पनि उनी संग सम्पर्क हुन सकेन । हिडेउँ अन्तिम गन्तव्यमा पुगे पछि मोबाईल झिक्न हात हालें मोबाइल थिएन । झोला जता ततै खोजे कहि भेटिएन । किन समय ले खेल खेलिरहेको छ ? मलाइ रुन मन लाग्यो मलाइ मोबाइलको अरु सामानको चिन्ता थिएन उनको नम्बर को चिन्ता थियो । आफ्नो दिमाख देखि पनि रिस उठेर आयो तेहि १० नम्बर पनि सम्झन सकिन । म आत्तिएको देखेर सहयोगि ले खोज्न जाने कुरा पनि गर्यो तर हामी ३÷४ घन्टा अगाडि आएको थियौँ । म जिम्मेवार पदको कर्मचारी भएकोले पनि सम्यमित भएर काम सकिएर पछि फर्कनुपर्ने सोच आयो । छिटो काठमाडौं पुगेर उनको कोठामा भेट्ने सोचेर मैले १ हप्तामा आफ्नो काम सकें । फर्कन हतार थियो र संयोग भन्नुपर्छ फर्कने बेलामा पनि जादा खाना खाएको पसलमा खाना खान पसेउँ । पस्ना साथ पसले ले यो हजुरको मोबाइल हैन भनेर सोध्यो । एउटा नम्बर बाट फोन आइरहेको थियो चार्ज सकिएछ पसलेले भन्दै थियो । मन भक्कानिएर आयो कोहि हुदैन थियो भने पक्कै रुने थिएँ । चार्ज गर्ने लाइन पनि थिएन न मोबाइलमा चार्ज नै थियो । कति बेला काठमाडौं पुगौ भन्ने भयो । पसले ले दुइटा म्यासेज पनि आएको कुरा व्यक्त गर्यो। म झन आत्तिए पक्कै युनिशाको थियो होला। काठमाडौं पुग्दा मलाई केही राहत भयो जति सक्दो छिटो रुममा पुगे चार्ज गरेर उनलाइ कल गरेँ मोबाइल स्विच अफ थियो मैले म्यासेज हेरेँ एउटा मोबाइल बैंक अलर्टको थियो अर्को युनिशाको । “हजुर किन यसरी मेरो जिन्दगीमा आएर एक खबर नगरी कहाँ हराउनु भयो ? यो म्यासेज पठाएको केही समयमा म काठमाडौं देखि टाढा जाँदै छु मैले हजुरको लागि केही छोडेको छु मेरो घरबेटिलाई गएर भेट्नुहोला ।“ उन्को म्यासेज थियो। म भक्कानिए के भयो यो ७ दिनमा ? के छोडेर गएकी छिन् ? म उस्को घरबेटिको कोठामा पुग्न धेरै छोटो समय लाग्यो होला । घरबेटिले मलाइ देखे उन्को ओठमा मन्द मुस्कान छायो उनीलाई पनि कसैको नासो बोझ भएको थियो होला । उन्ले छोडेर गएको नासो केही नभएर एउटा चिठी थियो खाममा लिपिबद्व तर खाम खोलिएको । माफ गर बाबू तिमी आउदैनउ होला भनेर मन थाम्न सकिन म केहि सहयोग गर्न सक्छुकी भनेर पढे तर बाबू तिमी भाग्यमानी छौ । घरबेटी ले एक स्वासमा भने । म झन आश्चर्यमा परे मेरो मनमा उनलाइ गुमाउनुको पिडा छ तर उन्ले किन भाग्यमानी भने? म तेहि बसेर पढ्न थाले ।
प्रिय अनुप
यो चिठी पढ्दा हजुर पक्कै आत्तिएको हुनुहुने छ । म कुन बाध्यतामा परेर काठमाडौ छोड्नु पर्यो खुलाउन चाहन्न तर म हजुरलाई आफ्नो मनको कुरा खुलाउन नसकेको कुरा खुलाउन जादै छु । मलाइ अझै बिश्वास छैन हाम्रो चिन्जान ग्राहक र पसले भएर सुरु भयो । हजुरले दोश्रो भेटमा जब सोध्नु भयो येत्रो दिन कत हराएको थियौ भनेर सायद त्यो दुख को पलमा केही खुशी हुने आधार थियो । कोहि त रहेछ म दुखिलाई वास्ता गर्ने । हजुरको व्यबहारले म धेरै सोच्न बाध्य भए हजुरको आँखामा निस्वार्थ माया थियो । म हजुरको प्रेममा परिसकेको रहेछु । हजुरलाई आर्थिक सहयोग माग्दा जस्तो आफुलाइ सानो कहिले पनि मानेको थिइन । पैसाको लागि नजिक भएको छु कि भनेर सोच्नु हुन्छ कि भनेर । तर म हजुरलाई धेरै माया गर्छु म आफ्नो मोबाइल पनि बेचेर हजुरको पैसा अनि सबै तिरेर काठमाडौं छोडेर जाँदै छु सदाको लागि तर एक दिन हजुरलाई एक प्रेमिका बाध्यताले जीवन देखि हार खाएकी केटीको फोन आउने छ । म आफ्नो मामाघर लम्जुङ्ग जाँदै छु आफ्नो आमालाई लिएर । हजुरले यो प्रेमिकाको खोजी गर्नु हुन्छ वा गर्नुहुन्न मेरो फोन पर्खनु हुन्छ वा पर्खनु हुन्न म आफ्नो बाध्यतामा बाध्न चाहान् । पैसा हजुरको बैंक खातामा हाल्दिएको छु ।
उहीँ हजुरलाई माया गर्ने
युनिशा
यो चिठी पढ्दा कति रोएछु त्यो चिठी पुरा भिजेको रहेछ । म केही समहालिए र घरबेटि संग उस्को मामाघरको जानकारी लिए । मोबाइलको अर्को म्यासेज तेहि पैसाको रहेछ मन झन भक्कानियो उन्ले ब्याज समेत जोडेर हाल्दिएकी रहिछन । मेरो उद्देश्य अब उन्को मामाघर पुग्ने थियो र घरबेटीले पनि साथै जाने कुरा गरे । मलाई समालिरहेका थिए । फिल्ड गएर आएको हुनाले १ हप्ता आराम गर्ने समय पाएको थिए र ढिला नगरी घरबेटीको साथमा लम्जुङ्ग जाने निधो गरि कलन्की तिर लागेउ । यो के थियो सन्सार बाध्यतामा चलेको छ वा उन्को पढाई छोडनु बाध्यता, उनले काठमाडौ छोड्दा म साथमा नहुनु बाध्यता र आज म माया पाउन कहाँ पुग्दै छु बाध्यता । हामी मुग्लिङ पुगेउ म हाम्रो सुरु देखीको पल सम्झदै रहेछु र आँसु पनि बगेको रहेछ । मोबाइल बज्यो घरमा कुरा दिउँसो नै गरेको थिए तर आफ्नो अवस्था भन्ने सामर्थ्य थिएन । नचिनेको नम्बर थियो तर ल्यन्ड्लाइन उठाए उता बाट सुक सुक आवाज आयो । हेल्लो मैले दोहोराए । हजुर रुदै आवाज आयो त्यो युनिशाको थियो । एक स्वासमा सोध्न पुगेछु कहाँ छौ ? के छ ? उन्ले बेशिसहर आएको कुरा गरिन र म पनि आउदै गरेको कुरा सुन्दा उनी हर्षले मन मनै नाचिन होला र उनलाइ बसपार्कमा पर्खन भन्दै फोन राखे । मेरो खुशी यति छर्पस्ट भयो म सिटबाट उठेर नाचेछु घरबेटि अन्कल ले सम्हाल्नु भयो र म कति बेला बेशिसहर पुग्छु झै भयो । त्यो तड्पाइको अन्त हुदै थियो र अब उन्लाइ नगुमाउने निस्चय गरेको थिए उन्को उमेर २० पुगेका ले म अब को भेटमा बिहेको कुरा राख्ने सोच्दै थिए र त्यहि भयो उनले पनि भेट्ना साथ बिहेको प्रस्ताव राखिन । मेरो खल्तीमा उहि इअर रिङ थियो जुन उनकै लागि थियो आफ्नो सम्बाद बढाउन सहयोगी इअर रिङ । उनको परिवारलाई भेटेर बिहेको कुरा भयो यो खबर मेरो परिवारलाई पनि खुशीको मिसाइल थियो जुन लम्जुङ देखि म्याग्दीमा खसेको थियो । यो बिहे पनि बाध्यतामै हुँदै थियो किनकि प्रेम गर्नु ठूलो चुनौती हैन बचाउनु ठूलो चुनौती हो जस्को लागि जस्तो बाध्यतानि स्वीकार गर्नु पर्छ ।।।।।

You can share this post!

अनलाइन कक्षाको शुल्क कति ?

हरियाली कालिज फर्ममा चितुवा, चितुवा देखेपछि भागाभाग ।

Related posts
error: Content is protected !!