म्याग्दीमा बिहीबार बेनी अस्पताल बेनीमा काम गर्ने २ जना महिला स्वाथ्यकर्मी सहित मंगला गाउँपालिकाका ३ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत २७ र २१ बर्षीकी दुई जना स्टाफ नर्स र मंगला गाउँपालिकाका ३५, २८ र २४ बर्षिय तीनजना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय म्यागदीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो ।