अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख बजेट सार्वजनिक

म्याग्दी, १० असार। म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक बजेटमध्ये चालु खर्च तर्फ ३३ करोड १५ लाख ३७ हजार ४०० रुपैया र पूँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ २ करोड ५० लाख रुपैयाँ रहेको छ ।
प्रस्तुत बजेटमध्ये शिक्षातर्फ १ करोड ६५ लाख, स्वास्थ्तर्फ २७ लाख ५० हजार रुपैयाँ, बुहक्षत्रीय पोषण कार्यक्रम अन्तरगत १० लाख, भौतिक पुर्वाधार अन्तरगत सडकतर्फ १ करोड ४४ लाख, रणनीतिक महत्वको सडकको डिपिआर तयार गर्न ५० लाख, गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लािग जग्गा ब्यवस्थापनमा ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै पर्यटनतर्फ ५० लाख, खेलकुदजन्य भौतिक पुर्वाधारका लागि ८४ लाख ७६ हजार, प्रकोप जन्य विपद ब्यवस्थापन कोषमा ९० लाख, कृषितर्फ ३० लाख, पशुसेवातर्फ ४० लाख, आयुर्वेद तथा योगतर्फ ५ लाख, सूचना प्रविधि तर्फ १५ लाख रुपैया लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ । नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक बालविकास केन्द्र’, गाउँपालिका अध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम, सामुदायिक विद्यालयमा निशुल्क सेनेटरी प्याड र दिवा खाजा ब्यवस्थापन कार्यक्रम, ‘एक वडा एक मेला’, अध्यक्ष कप, स्थानीय श्रम डेस्क र विषय गत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, पशु र खानेपानी तथा सरसफाईको शासकिय प्रवन्ध लगायतका योजनाहरु समावेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष भरत कुमार पुनले शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगार मूलक सिप विकास तालिम, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष बजेट सार्वजनिक गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष पुनद्वारा नीति तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत सुरणप्रसाद शर्मा पौडेलको सहजकीरणमा १५ औँ गाउँसभा भएको थियो ।

गाउँसभामा उपस्थित सदस्यहरुले युवा बर्गलाई आवश्यक सिपको विकास, पोखरबगरको फोहोर ब्यवस्थापन, र उधमीलाई बजार ब्यवस्थापन, कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउने तालिम, कृषि ऋण र प्रविधिहरुको ब्यवस्थापन गर्न जोड दिएका थिए ।

पालिका सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ सामाजिक विकास संयोजक ओम फगामी, आर्थिक विकास संयोजक थमबहादुर फगामीले दिनुभएको थियो । गाउँसभामा विनियोजन विधेयक, आर्थिक विधेयक र न्यायिक समितिको प्रतिवेदन पेश गर्दै छलफल गरिएको थियो ।

You can share this post!

मंगलाको १३ औँ गाउँसभा सम्पन्नः ४२ करोड ३४ लाखको बजेट पारित

रघुगंगा गाउँपालिकामा ४६ करोड ८६ लाखको बजेट पारित

Related posts