बेनीमा होटेल क्वारेन्टाइनमा बसेका १ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि

म्याग्दी सदरमुकाम बेनी बजारको एक होटेलमा क्वारेन्टाइन बसेका बेनी नगरपालिका ३ का ३२ बर्षका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारत बाट नेपालमा आएका उनले पोखरामा रहेको स्वाथ्य विज्ञान प्रतिष्ठानमा पिसिआर दिएर बेनीमा आई होटलमा क्वारेन्टाइन बसेकाे स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो ।
हाल उनको अवस्था सामान्य रहेको छ ।

उनलाई बेनीको खुल्ला मञ्च नजिकै रहेको शैक्षिक तालिम केन्द्रको भवनमा निमार्ण गरिएको आइसोलेसनमा सारिएको छ ।

 

साथै उक्त व्यक्तिको कन्टयाक ट्रेसिङको काम पनि सकिएको बताउँदै कन्ट्याक ट्रेसिङमा भएकालाई होम क्वारेन्टाइनमा राखिएको लम्सालले बताउनु भयो ।

त्यसैगरी म्याग्दी बाट चितवन गएका बेनी नगरपालिका ४ का एक पुरुषमा चितवनमा कोरोना संक्रमण पुष्टि भएको बताउँदै बाहिरी जिल्ला बाट आएका ब्यक्ति तथा बाहिरी जिल्लामा जाने ब्यक्तिहरु १४ दिन होम क्वारेन्टाइन बस्नकालागि स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले अनुरोध गर्नु भएको छ ।

You can share this post!

म्याग्दीमा यस बर्ष पहिरोका कारण गतबर्ष भन्दा २.६ प्रतिशतले धान उत्पादन कम हुने

परराष्ट्रमन्त्री र आपूर्तिमन्त्रीद्वारा कोरला नाका खोल्ने विषयम स्थलगत निरीक्षण

Related posts
error: Content is protected !!