अन्नपूर्ण पालिकामा एमालेबाट भरत र दिवा चुनावी मैदानमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

आइतवार देखि सुरु भएको पालिका कमिटीको बैठकबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षको उम्मेदवारमा दिवा पुनलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । अन्नपूर्ण गाउँपालिका वडा नं ७ औला निवासी भरत पुन लामो समय सम्म शैक्षिक पेशामा आवद्ध हुनुहन्थ्यो ।

गाउँपालिकाको श्रोत व्यक्तिको रुपमा कार्यरत पुनले हालैमात्र पदबाट राजिनामा दिनुभएको थियो । त्यस्तै उपाध्यक्षको उम्मेदवार वडा नं ५ पाउद्वारकी दिवा पुन मिलन म्याग्दीको कार्यकारी निर्देशक हुनुहुन्छ । धेरै संघसंस्थामा आवद्ध पुन सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

दुवैजना उम्मेदवार सामाजिक क्षेत्रमा सक्रिय र त्यस क्षेत्रमा व्यक्तिगत हिसावमा पनि उच्च छवि बनाएकाले चुनावमा जित हाँसिल हुने निस्चित भएको पालिका कमिटी अध्यक्ष धन पुनले बताउनुभयो । अध्यक्षको उम्मेदवार पुन शैक्षिक र बौद्धिक व्यक्ति भएकाले अन्नपूर्णको विकासका लागि भिजन र मिसन उहाँ संग भएको युवा नेता पुनको भनाई छ ।

अन्नपूर्णमा पालिका अध्यक्षमा चार र उपाध्यक्षमा पनि चारै जना आंकाक्षी देखिएका थिए । दुइदिन सम्म संचालन भएको बैठकमा आंकाक्षीहरुसंग गहन छलफल गरि अध्यक्ष र उपाध्यक्षको उम्मेदवार सर्वसहमतिमा टङ्ग्याईएको नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले बताउनुभयो ।

त्यस्तै अन्नपूर्णको वडा नं ३ मा रमेश पूर्जा, ४ मा तेज गुरुङ, ६ मा भक्त बहादुर खड्का, ७ मा माईलन पूर्जा र ८ मा हालकै वडा अध्यक्ष खम बहादुर गर्वुजा पुनलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाईएको अध्यक्ष कटुवालले बताउनुभयो । बाँकी वडाहरुमा पनि सर्वसहमतिबाटै उम्मेदवार छनौट गर्ने कार्य भईरहको छ ।

अन्नपूर्णमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले ३ वटा वडा जितेको थियो । १४ वटा मतदान स्थल र १७ वटा केन्द्र तोकिएको अन्नपूर्णमा १२ हजार २६ जना मतादाता रहेका छन ।

एमाले जिल्ला कमिटीले बैशाख ३० गते भित्र जिल्लाका सवै पालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवारी टुङ्गो लगाई जिल्लामा सिफारिस गर्न पालिका कमिटी र वडा कमिटीलाई निर्देशन दिएको छ ।

You can share this post!

ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पाँच दलका शिर्ष नेताहरुको आग्रह

बेनपा ७ मा एमालेबाट पुनः राजेन्द्र कुमार श्रेष्ठ अध्यक्षको उम्मेदवार

Related posts