सभ्य तरिकाले होली खेल्न प्रहरीको अनुरोध

म्याग्दी । रंगहरुको पर्व फागुपूर्णिमा अर्थात होली सभ्य तरिकाले खेल्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुरोध गरेको छ ।
बुधवार सर्वसाधारणका लागि सूचना जारी गर्दै चैत ३ गते ( भोली) परेको होली पर्वमा रंग वाहेक, अण्डा, मोविल, लोला, तथा फोहोर पानी प्रयोग नगर्न प्रहरीले अनुरोध गरको हो ।

होलीमा सवारी साधन कम गतिमा चलाउन, मादक पदार्थ सेवन नगर्न, बाटोमा हिड्ने अपरिचित ब्यक्तिलाई जवरजस्ती रंग तथा अविर नलगाउन अनुरोध गरिएको छ ।

त्यस्तै प्रहरीले कुनैपनि भाषाका अश्लिल गीत वजाउने गाँजा,भाङ, लगायतका लागुऔसधको प्रयोग गर्ने, नशालु पदार्थ सेवन गर्ने कार्यलाई पनि रोक लगाएको छ । होलीको नाउँमा धार्मिक सम्प्रदायिक सद्भावमा खलल पुग्ने खालको अमानवीय क्रियाकलाप संचालन नगर्न समेत अनुरोध गरेको छ ।

यी सवै गतिविधि गरेको पाईएमा कानून अनुसारको कार्वाही गरिने जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले बताउनुभएको छ ।

You can share this post!

म्यादी प्रहरीमा भर्ना खुल्यो

निर्वाचन आचारसंहिताः जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

Related posts