शिक्षामा म्याग्दी जेसिजको हातेमालोः दिपक माविलाई सामग्री सहयोग

म्याग्दी ८ फागुन । म्याग्दी जेसीजले बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई पुस्तक र सरसफाई सामाग्री सहयोग गरेको छ ।

आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११ वटा डस्विन बाल्टी र विभिन्न विद्याका डेढ सय बढी पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा रहेका सबै कक्षाकोठाका लागि डस्विन र पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो । अध्यक्ष सुवेदीले जेसिजबाट प्राप्त भएका डस्विनहरुले बिद्यालयको फोहोर ब्यबस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सरसफाई सामाग्री र पुस्तकहरु सहयोग गरेकोमा म्याग्दी जेसीजलाई धन्यबाद दिँदै आगामी दिनमा समेत यस्तै रचनात्मक कार्यहरु गर्न आग्रह गर्नुभयो ।

शिक्षामा म्याग्दी जेसीजको हातेमालो कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयमा सरसफाई सामाग्री र विभिन्न विद्याका पुस्तकहरु सहयोग गर्ने योजना बनाएको म्याग्दी जेसिजका शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।

म्याग्दी जेसीजका उपाध्यक्ष विनोद घर्तिको स्वागत र प्रअ ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

बागलुङमा मध्यपहाडी लोकमार्ग बाँकी २५ किलोमिटरको काम थालियो

नेपाल दलित मुक्ति मोर्चा गठन

Related posts