चुनाव लक्षित योजना तय गर्दै एमाले म्याग्दी

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टि एमाले म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरि विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको छ ।

बुधवार जिल्ला कमिटि म्याग्दीको दोस्रो पूर्ण वैठकको आयोजना गरि यहि फागुन २७ र २८ गते जिल्ला सदरमुकाम बेनीमा चुनाव लक्षित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै आगामी चैत ४ र ५ गते पालिका स्तरीय प्रशिक्षण बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा र चैत ७ र ८ गते मंगला, मालिका र धौलागिरी गाउँपालिका आयोजन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटि सचिव सुरत केसीले जानकारी दिनुभयो ।

वैठकले १९ जनालाई जिल्ला कमिटि सदस्यमा मनोनित गरेको छ । २९ सदस्यीय सचिवालय कमिटि र ५० सदस्यीय जिल्ला सल्लाहकार परिषद गठन गरिएको सचिव केसीले बताउनुभयो । त्यस्तै ८ वटा विभाग, २० वटा फाँट र ४५ वटै वडामा वडा इन्चार्ज तोकिएको छ ।

निर्वाचन विभाग प्रमुख राम प्रसाद सुवेदी, पार्टि स्कुल विभाग प्रमुख बालकृष्ण सुवेदी, प्रचार तथा प्रकाशन विभाग प्रमुख राज कुमार थापा, विपत तथा कोष ब्यबस्थापन विभाग प्रमुख चन्द्र कुमार केसी र उपप्रमुख राजेश शाक्य, संगठन विभाग प्रमुख सुरत केसी, स्थानीय बिकास बिभाग देवेन्द्र कटुवाल, सहकारी तथा गरिवी निवारण विभाग जिवन बिश्वकर्मा र जनसंगठन समन्वय संयन्त्र प्रमुखमा थमसरा पुनलाई जिम्मेवारी दिइएको छ ।

सल्लाहकार परिषदको अध्यक्ष उमेश सुवेदी, उपाध्यक्ष शंकर शेरचन र सचिव सुन बहादुर बिक रहनुभएको छ । त्यसैगरि विवश क्षेत्री अध्यक्ष, रमेश गिरी उपाध्यक्ष र पीवि भण्डारी सचिव रहेको लेखा कमिटि गठन गरिएको छ ।

वैठकमा नेकपा एमालेका केन्द्रिय उपमहासचिव पृथ्वी सुव्वा गुरुङ, केन्द्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्याल, गण्डकी प्रदेश सह इन्चार्ज मायानाथ अधिकारीले पार्टिको संगठन निर्माण, चुनाव लक्षित रणनीति, कम्युनिष्ट आचरण निर्माण तथा पार्टिले जिल्ला तथा पालिकामा खेल्नुपर्ने भूमिका लगाएतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला कमिटिको दोस्रो पूर्ण वैठक जिल्ला कमिटि अध्यक्ष देवेन्द्र बहादुर कटुवालको अध्यक्षता र सचिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

कमजोरी कसको ? कार्यस्थलमा मजदुरको जीवन धरापमा

एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता

Related posts