रघुगंगा गाउँपालिकाले भगवतीमा कोल्डस्टोर्स बनाउने

जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीमा कोल्डस्टोर्स बनाइने भएको छ । रघुगंगा गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरेर एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स बनाउन लागेको हो ।

कोल्डस्टोर्स बनाउन संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । कोल्डस्टोर्सका लागि वडा कार्यालय नजिक बाहुनचौरमा एक रोपनी जग्गा व्यवस्थापन भई सर्वेको काम भइरहेको उहाँले बताउनुभयो ।

पिप्ले,भगवती,बेगखोलाका किसानहरुले उत्पादन गरेको सुन्ताला,केरा र आलुलाई स्टोर गरेर बमौसमी सिजनमा बजारमा पु¥याउने उद्देश्यले कोल्डस्टोर्स निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

कोल्डस्टोर्स बनेपछि किसानले सिजनका समयमा उत्पादन गरेका कृषि उपजलाई स्टोर गरी बेमौसमी सिजनमा बजारमा पु¥याई राम्रो मुल्य पाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कोल्डस्टोर्स निर्माण भएपछि किसानले उत्पादन गरेको कृषि उपजलाई सस्तोमा विक्री गर्नुपर्ने बाध्यता हट्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास गरिएको छ । यसैगरी वडा नम्बर ६ पाखापानीमा पोट्रेवल कोल्डच्याम्बर बनाइने गाउँपालिकाले जनाएको छ ।

संघीय र गाउँपालिकाको गरी २२ लाख रुपैयाँ लागतमा एकवर्ष भित्रमा उक्त कोल्डच्याम्बर निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । आलु पकेट क्षेत्र झिँ,पाखापानी र कुइनेमंगलेका किसानहरुलाई लक्षित गरी कोल्डच्याम्बर निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोर्सको डिजाइन स्टिमेटको काम अगाडी बढेको उहाँले बताउनुभयो ।

You can share this post!

नेपाल दलित मुक्ति मोर्चा गठन

भीरबाट खसेर बुबाको मृत्युपछि बिचल्लीमा परेकालाई कुवेतबाट सहयोग

Related posts