नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ द्वारा बालगृहमा शैक्षिक सामग्री सहयोग

म्याग्दी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले नेपाल बाल संगठन द्वारा संचालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरेको छ ।

नवौँ पुस्तक दिवस तथा सरस्वति पूजाको अवसरमा महासंघले आइतवार बालगृहमा एक कार्यक्रमको आयोजना गरि रु २५ हजार बराबरको कपि, कलम तथा ज्ञानवद्र्धक पुस्तकहरु प्रदान गरेको अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।

उक्त शैक्षिक सामग्री नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष लिलाराम गौतम, पूर्व जिल्ला अध्यक्ष ठाकुर प्रसाद शर्मा, बर्तमान जिल्ला अध्यक्ष नवराज पौडेल लगाएतले नेपाल बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गर्नुभएको हो । महासंघले बालगृहमा रहेका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने ११ जना बालबालिकाहरु संगै संयुक्त रुपमा सरस्वति पूजा पनि सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका गण्डकी प्रदेश अध्यक्ष लिलाराम गौतमले नवौँ पुस्तक दिवसको शुभकामना दिनुहुँदै महासंघ जिल्लाले बालगृहका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेर दिवस मनाएकोमा खुसि ब्यक्त गर्नुभयो । गरिबीका कारण कपी, कलम तथा पुस्तकहरु जुटाउन नसक्ने जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरेर आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले महासंघमा आवद्ध पुस्तक व्यवसायीहरुले स्वतस्फुर्त रुपमा संकलन गरेर उक्त शैक्षिक सामग्री सहयोग गरिएको बताउनुभयो । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष पौडेलको अध्यक्षता र सचिव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

निको हुनेको संख्या लाख २४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु

१३ सय कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

Related posts