म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा विहान बाट नै सर्वसाधारणहरुलाइ पसल खोल्न, गाडि तथा मोटर साइकल लगाएतका सवारी साधनमा सवार गर्न माधव प्रचण्ड पक्षका र्कायकर्ताहरुले रोक लगाइ रहेका छन् । देश व्यापी रुपमा घोषण गरीएको बन्दको कार्यक्रम सफल बनाउन म्याग्दीमा यस पक्षका कार्यकर्ताहरु लागि परेका हुन् ।
बन्दका कारण सर्वसाधरणहरुलाइ गन्तव्यमा पुग्न भने कठिनाइ भै रहेको छ । बन्दकर्ताहरु नेकपा को झण्डा र सुर्य चिन्ह्रको झण्डा बोकेर सडकमा गुडेका सवारीसाधनलाइ रोक्न र खुलेका पसलहरु बन्द गराउन हिडिरहेका छन् । प्रचण्ड र नेपाल पक्षका नेताहरु सँगै विद्यार्थि नेता तथा युवा संघका नेता तथा कार्यकताहरु सडकमा छन् । बेनीबाट लामो दुरि तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन भैरहेका छैनन् । जिल्ला भित्र पनि सवारी साधन सञ्चालन थप्प छ ।
https://www.youtube.com/watch?v=n0zd45PpSE0
तर तिनै पक्षका जिल्लाका नेता वालकृष्ण सुवेदीको फर्निचर उद्योग भने सञ्चालनमा रहेको छ । माधव प्रचण्ड पक्षका जिल्ला भित्रका टप ३ भित्रका नेतामा पर्ने सुवेदीको सदरमुकाम बेनी बजारको शिक्षा मार्गमा रहेको बालचन्द्र फनिर्चर उघोग भने खुल्ला छ फर्निचरमा भित्र धमाधम काम सञ्चालन भै रहेको छ भने बाहिर रहेको पसल को आधा सटर खोलेर व्यवसाय सञ्चालन गरीरहेका छन् । यसरी आफ्नो भने व्यवसाय सञ्चालन गर्ने तर आम सर्वसाधरणको भने पसल नै बन्द गर्न झण्डा बोकेर हिड्ने गरेकोमा सर्वसाधरणको भने गुनासो रहेको छ ।
कोरोना कहरका कारण सात, आठ महिना सम्म बन्द अवस्थामा रहेका होटल तथा व्यवसायहरु यसरी बन्दका कार्यक्रम घोषणा हुन थालेपछि थप धरापमा परेको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा संघका केन्द्रीय सदस्य बाबुराम आचार्यले बताउनु भयो । त्यसैगरी म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्याले बन्दका कारण मारमा परेका व्यवसाहीहरु धरापमा पर्ने भएकाले बन्दका कार्यक्रमहरु सर्वसाधरण, व्यवसायि तथा देशकै निम्ती घातक हुने बताउनु भयो ।