म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेकपा ओलि पक्षका नेता तथा अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको । भेलालाइ सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य थममाया थापाले सरकारले जनताको पक्षमा रहेको बताउनु भयो । सरकारलाइ काम गर्न नदिए पछि प्रधानमन्त्री बाध्य भएर संसद विगठनको प्रकृयामा अगाडि बढ्नु परेको प्राष्ट पार्नु भयो । उहाँले अब युवाहरुको काँधमा जिम्मेवारी आएको बताउँदै युवाहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । प्रधानमन्त्रीलाइ सरकारको काम गर्न भन्दा पनी पार्टीको झमेलामा पारेर सरकार सञ्चालनमा अवरोध गरि असफल बनाउन प्रचण्ड र माधव पक्ष लागे पछि बाध्यकारी अवस्था आएको थापाले बताउनु भयो । सरकारले गरेका राम्राकामका बारेमा भन्दा पनि गलत कुराहरुलाइ प्रचारमा लगिएको थापाको भनाइ थियो । उहाँले आफु मन्त्री भै रहदाँ आफ्नो मन्त्रालय अन्तर्गत सुत्केरी महिलालाइ हवाइ उद्धार कार्यक्रम, सडक मानवको व्यवस्थापन, एसिड छ्याप्ने , महिला हिंसा गर्नेलाइ कडा कानुन निमार्ण गरेको बताउनु भएको थियो । उहाँले म्याग्दी जिल्लालाइ हिमाली जिल्लामा आफुहरुले पहल गरेका कारण हिमाली जिल्ला बनेको र अहिले म्याग्दी जिल्लाका बाढी पिडीतहरुले पर्वत र बाग्लुङका वाढी पिडीतहरुले भन्दा १ लाख रुपैयाँ बढी राहत पाउने ब्यवस्थापन भएको बताउनु भयो ।
त्यसगरी संविधान सभासदस्य तथा नेकपा गण्डकी प्रदेशका सचिवालय सदस्य नवराज शर्माले युवावर्गहरु हचुवाको भरमा भन्दा पनि देश र जनताको पक्षमा उभिनु पर्ने बताउनु भयो । उहाँले देश चुनावीमय बनेको बताउँदै चुनावको तयारी गर्न अगुवा कार्यकर्ताहरुलाइ अनुरोध गर्नुभएको छ । नेकपा म्याग्दीका सचिव तथा गण्डकी प्रदेशका सदस्य हरिकृष्ण श्रेष्ठ , प्रदेश सदस्य खुमबहादुर बाँनियाले जनताको पक्षमा सधै सरकार रहेको र देश विकासका लागि पनि चुनाव अपरीहार्य रहेको बताउनु भयो । प्रतिनिधिसभा विघठन नगरेको भए देश फेरी पनि ठुलो खाल्डोमा फस्ने वातवारण सिर्जना भएपछी नेताहरुले पदको भागबण्डा गर्न थालेपछि जनताको माझमा आएर प्रधानमन्त्रीले जनतालाइ नै देशको नेतृत्व चुन्नका लागी पठाएको बताउनु भयो । मंगलागाउँ कमिटी अध्यक्ष वेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा मंगला गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, धौवलागिरी गाउपालिका उपाध्यक्ष रेशम छन्त्याल, नेकपा मालिका गाउँकमिटीका नेता कलबहादुर घर्ति, मालिका गाउँकमिटी सदस्य तथा वडा नं ६ का वडा अध्यक्ष सन्तोष सुवेदी लगाएतले सुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेकपा मंगला गाउँकमिटीका नेता दलमान पुनले गर्नु भएको थियो ।