बाढिले बगाएको लघुजलबिद्युत मर्मत नहुँदा लुलाङ्गबासी समस्यामा

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका २ मरेनीमा पहिरोले बगाएको लघुजलबिद्युत परियोजनाको संरचना मर्मत नहुदाँ लुलाङ्गबासी अन्धकारमा बस्न बाध्य भएका छन । गत भदौ २० गते बाढीले बगाएको परियोजना मर्मत हुन नसक्दा वडाबासी समस्यामा परेका हुन र लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना दर खोलामा आएको बाढीले बगाएको थियो । परियोजनाको बिद्युत गृह, मुहानको बाँध,पोल, इएलसी बोर्ड, जेनेरेटर लगाएतका संरचना बगाउँदा करिव ३० लाखको क्षति भएको परियोजनाका सचिव लाल बहादुर खड्काथोकीले बताउनुभयो । ३ महिना बितिसक्दा पनि बिद्युत मर्मत नहुदा  स्थानीयबासीले रातीको समयमा टुकी बालेर गुजारा चलाएका छन ।

बिद्युत आपुर्ती बन्द हुँदा वडा नम्बर २ स्थित खोरीया ,लुलाङ्ग ,लमसुङ्ग लगायतका ३५४ घरधुरी प्रभावित भएका छन् । लघुजलविद्युत परियोजना मर्मत नहुदाँ विद्युतको माध्यमबाट संचालन हुने चार वटा मिल, १ वटा फर्निचर ,बेकरी उद्योग ,मासु पसल, र मोवाइल सेवा समेत प्रभावित भएका छन् । विद्यार्थीलाई समेत पठनपाठनमा समस्या उत्पन्न भएको स्थानीय ज्ञान बहादुर पाइजाले बताउनुयभो ।

यस अघि २०७३ मा पहिरोले जुगेपानि स्थित २५ किलोवाट क्षमताको विद्युतगृह बगाएपछि सोही परियोजनालाई २०७५ मा मरेनीको फेदीमा निर्माण गरिएको हो । गाउँपालिकाको ५० लाख र बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको ८५ लाख रुपैयाँ तथा स्थानीयको श्रमदानमा मरेनीको फेदीमा २०७५ देखी पुनर्निर्माण सूरु गरिएको परियोजना २०७६ कार्तिकमा सम्पन्न भई विद्युत सुचारु भएको थियो ।

बिद्युत पुनर्निर्माण भएको साढे दुई बर्ष नबित्दै बाढीले विद्युतगृह बगाएपछि स्थानीयबासी थप चिन्तित बनेका छन् । विद्युत गृह ,कुलो ,बाँध र पोल बगाउँदा एक करोड ५० लाख रुपैयाँ बढीको आर्थिक क्षती भएको छ । परियोजना मर्मत तथा पुनर्निर्माणका लागि भौगोलिक अवस्थाको बारेमा सर्भे गरिएको छ ।

परियोजनाको पुनर्निमाण ओसिएन कम्पनीले गरेको थियो । परियोजना पुननिर्माणका लागि गाउँपालिकाबाट दश लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दश लाख गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । परियोजना पुर्ननिर्माणको लागि १८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आगामी दुई महिना भित्रमा परियोजना पुनर्निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

You can share this post!

बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

मंगला गाउँपालिका अध्यक्ष रोकालाई मातृशोक

Related posts