नेपाल राष्ट्रिय शिक्षक संगठन बेनी नगर समितिको अध्यक्षमा राम प्रसाद पौडेल निर्वाचित

म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बेनी नगर कमिटिको अध्यक्षमा राम प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा २५ सदस्यीय नगर समिति निर्वाचित भएको हो ।

नव गठित नगर समितिको उपाध्यक्षमा टेक प्रसाद सुवेदी, महिला उपाध्यक्षमा गंगा बानीयाँ क्षेत्री, सचिवमा डिल प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष सुवेदी, सहसचिवमा कृष्ण कुमारी सुवेदी र सहकोषाध्यक्षमा घनदेवी घर्ति पुन निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष जंग बहादुर गर्बुजाले सम्पुर्ण शिक्षकहरुको पेशागत हकहितका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले अग्रणी भूमिका निभाउदै आएको बताउनुभयो । सरकारी बिद्यालयको स्तर उन्नति र शैक्षिक गुणस्तर बृद्धिका लागि सरकार त्यस तर्फ लक्षित भएर नीति तथा कार्यक्रम बनाउनु पर्ने भन्दै उहाँले आफुले अध्यापन गराउँदै आएको बिद्यालयको शैक्षिक बिकासमा सक्रियता साथ लाग्न शिक्षक संगठनमा आबद्ध सम्पुर्ण शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले बेनी नगर कमिटिका अध्यक्ष नारायण जिसीले आफ्नो पेशामा लगनशिल र इमान्दार हुँदै दक्ष जनशक्ति उत्पादनमा शिक्षकहरुले योगदान उच्च भएको बताउनुभयो । समृद्ध समाज निर्माणमा शिक्षकको अहम भूमिका रहने भन्दै बिद्यार्थीलाई कितावी ज्ञानको साथसाथै समसामयिक बिषयको ज्ञान दिन पनि आवश्यक रहेको बताउनुभयो ।

संगठनको जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले शैक्षिक मुद्दामा सवै शिक्षकहरु सधैँ एक हुन आवश्यक रहेको बताउनुभयो । शिक्षकहरु अरुलाई उज्यालो दिएर आफु सकिने मैनबत्ती जस्तै भएकाले देशमा शैक्षिक बिकासका लागि शिक्षकनै पहिलो आधार रहेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रम संगठनको बेनी नगर समिति अध्यक्ष भिम बहादुर घर्तिको अध्यक्षता, उपाध्यक्ष राम प्रसाद सुबेदीको स्वागत र सचिव टेक प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

प्रतिष्ठान गण्डकी प्रदेशको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

रुम बेलीको एक परिवारद्वारा गाउँको विद्यालयलाई करिब ५ रोपनी जग्गा सहयोग

Related posts