बदली, वर्षा र हिमपातको सम्भावना कहाँ–कहाँ?

देशका पहाडी भू(भागमा आज (मंगलबार) बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।अहिले बिहान देशका पहाडी भू–भागहरुमा आंशिक रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।यस्तै, राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

You can share this post!

मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन

१५ औं वार्षिकोत्सवमा रक्तदान

Related posts