म्याग्दी जिल्लामा कार्यरत प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरलाइृ उत्कृष्ट कार्य पुरस्कार प्रदान गरिएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा प्रनाउ कुँवरलाई उत्कृष्ट कार्य पुरसकार प्रदान भएको हो । उनलाई प्राप्त जिम्मेवारी कुलशतापुर्वक सम्पन्न गरेको र ब्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्शाल काठमाडौंले उत्कृष्ट कार्य पुरस्कार प्रदान गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हस्ताक्षर गरेको प्रमाण पत्रले उनलाइ पुरस्कार प्रदान गरीएको कार्याललयले जनाएको छ ।
जिल्लामा प्रमुखको रुपमा पहिलो पटक म्याग्दीमा आएका कुँवर को प्रहरीमा १४ बर्ष सेवा पुगेको छ । २०६१ साल पुस महिनाको ३० गते प्रहरी निरीक्षकक बाट सेवा शुरु गरेका कुँवर प्रहरी योजना निमार्ण र सुधारका कार्यहरुमा कुशल मानिन्छन् । उनले म्याग्दीमा कोभिड –१९ को रोकथाम, कोभिड रोक्थामका लागि स्वयंम् सेवक परिचालन, फरार अपधारी प्रकाउमा बिशेष अप्रेसन नै सञ्चालन गरेका छन् । लक डाउनको समयमा मात्रै म्याग्दी जिल्लाबाट फरार अपराधिका सुचिमा रहेका ३२ जना अपराधि हरुलाई पक्राउ गरेरका छन् । म्याग्दी जिल्लामा आएको विपतको बेलामा कुँवरले कुशलतापुर्वक जिम्मेवारी बहन गरेका थिए ।