लोकमार्गका हाकिमले बागलुङका सिडियोलाई उल्लू बनाए

लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी लोकमार्ग अन्तरगतको बागलुङ–घोडाबाँधे सडक खण्डको विषयमा समय–समयमा चर्चा चलिनै रहन्छ । जब–जब मध्य पहाडी लोकमार्गमा स्थानीयहरुले अवरोध गर्न सुरु गर्छन्, तब–तब ठेकदार कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयले जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, स्थानीय र सरोकारवालाई राखेर काम गर्न सुरु गर्छौ भन्छ ।

छलफलले ठेकेदार कम्पनीलाई समयमै काम गर्न सघाउने र सम्बन्धित निकायहरुले निरन्तर खबरदारी गरि राख्ने गरि निर्णय गर्छ । लोकमार्गको काममा भएको ढिलासुस्तीको बारेमा छलफल र निर्णयका लागि बुधबार साँझ जिल्लाका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, पत्रकार र सम्बन्धित सरोकारवाला निकायलाई लोकमार्गका प्रमुख र ठेकेदार कम्पनीका प्रमुखसँग छलफल गर्ने भनि सूचना आयो ।

जिल्ला प्रशान कार्यालयले बिहिबार विहान ८ बजे बैठक बस्ने भनि सूचना ग¥यो । सोही सूचनालाई आधार मानेर जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेता, सम्बन्धित वडाका जनप्रतिनिधि, कार्यालयका प्रमुख, पत्रकार लगायतको टोला बैठमा उपस्थित भयो । बैठक ८ बजे भने पनि केही ढिला सुरु भयो । बैठकमा लोकमार्गका प्रमुख नारायणदत्त भण्डारी समयमै उपस्थित हुनु भएको थियो ।

भण्डारी समयैमा उपस्थित भए पनि ठेकेदार कम्पनी सिद्धीशाही कन्ट्रक्सनका प्रमुख दीपेन्द्र शाही भने उपस्थित थिएनन् । बैठकमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका अध्यक्ष, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टीका अध्यक्ष, विभिन्न कार्यालयका प्रमुख, पत्रकार लगायत सबैको ध्यान ठेकदार प्रमुखको आगमन अतिबेला हुन्छ भन्नेमा नै थियो ।

विभिन्न कामका लागि बैठकबाट बाहिरिन थालेका, समन्वय प्रमुख ढुङ्गाना, कांग्रेस सभापति दीपेन्द्र थापा, जनमोर्चा अध्यक्ष अम्मरबहादुर थापाले लोकमार्गका प्रमुख भण्डारीसँग आफ्ना भनाई राखेर बाहिरीन थालेका थिए । ठेकेदार पनि नजिकै आएको सूचना आएपछि उनीसँग भेटेर आफ्ना कुरा राखेपछि मात्रै बाहिरीने भन्दै केही बेर रोकिए । तर एकैछिनमा ठेकेदार कम्पनीका प्रमुख नभई कम्पनीका प्रतिनिधि सौरभ घिमिरे उपस्थित हुनुभयो ।

बैठकमा सहभागी धेरै जसोलाई ठेकेदार प्रमुख नै उपस्थित भएको लागेको थियो तर ठेकेदार कम्पनीका प्रमुख नभएर प्रतिनिधिका रुपमा उपस्थित भएका घिमिरेले आफ्नो परिचय दिनुभयो । घिमिरेले परिचय दिँदासम्म पनि धेरैले प्रमुख नै उपस्थित भएको भन्ने सोचिरहेका थिए । जब घिमिरेले प्रमुख नआएर आफू आएको जानकारी गराउनुभयो तब एकै छिनमा बैठक हलमा हलचल मच्चियो ।

सबैले प्रमुख जिल्ला अधिकारी कार्की र लोकमार्ग कार्यालयका प्रमुख भण्डारी तर्फ प्रश्न उठाउन थाले । त्यत्तिकैमा बैठकमा सहभागीले आफरुहरुलाई उल्लू बनाउन खोजेको भन्दै असन्तुष्ट व्यक्त गरे र बैठक स्थलबाट बाहिरिए । प्रमुख जिल्ला अधिकारी कार्कीले आफूलाई लोकमार्ग कार्यालयका प्रमुखले ठेकेदार आउँदै छन् भनि सूचना गरेको भएरनै आफुले बैठका लागि सम्बन्धित पक्षहरुलाई खबर गरेको बताउनुभयो ।

‘उहाँले ठेकेदार कम्पनीको प्रमुख नै आउँने भन्नु भएको थियो, उहाँ आउने भनेपछि हामीले सबै पक्षलाई बोलाएर छलफल गर्ने निधो गरेका हौँ तर अरु नै आउनुभयो ।’ प्रजिअ कार्कीले भन्नुभयो ।

लोकमार्गका प्रमुख भण्डारीले आफूले प्रमुख जिल्ला अधिकारी कार्कीलाई सही सूचना दिएको भन्दै त्यसमा ‘मिस अन्डरस्ट्यान्डिङ’ हुन पुगेको जिकिर गर्नुभयो । उहाँको यो तर्क हाँस्यास्पद भएको बैठकमा सहभागी बताउँछन् ।

लोकमार्गका प्रमुख भण्डारीले यसरी बैठकमा सहभागी भएकालाई झुक्याउनु भयो कि, उहाँको त्यो क्रियाकलापले सबैलाई आश्चर्यमा पा¥यो । एउटा जिम्मेवार कार्यालय प्रमुखले यसरी प्रमुख जिल्ला अधिकारी, समन्वय प्रमुख लगायतका उच्च पदस्थ व्यक्तिलाई झुक्याउनु सामान्य विषय नभएको कार्यक्रममा उपस्थित सहभागीले बताए ।

बैठकमा बोल्ने क्रममा पनि लोकमार्गका प्रमुख भण्डारीले ठेकेदार कम्पनीको पक्ष समेत लिएको केहीको निश्कर्ष थियो । यसरी खबरदारी गर्ने निकाय नै ठेकेदारलाई सहयोग गर्ने र उसकै पक्ष लिए वषौँ पनि यो सडकको हाल यस्तै रहने उपस्थित सरोकारवालको भनाई थियो ।

बैठकबाट सबै बाहिरिएपछि प्रजिअ कार्की, लोकमार्गका प्रमुख भण्डारीले आगामी १० गते ठेकेदार प्रमुखलाई नै बैठकमा सहभागी गराई छलफल गर्ने गरि सहमति गरेको प्रशासनले जनाएको छ

You can share this post!

७२ वर्षमा एमालेका १० महाधिवेशनः यी हुन नेतृत्व सम्हाल्ने नेता

देउसीभैलोबाट सङ्कलित रकमले पुस्तकालय स्थापना

Related posts