पोखरामा प्रधानमन्त्रीको पुतला दहन

पोखरा । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।

बिहीबार बिहान पृथ्वीनारायण क्याम्पस परिसरमा अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मन्त्रीहरूको अभिव्यक्ति तथा महँगीको विरोधमा प्रदर्शन गर्दै पुतला दहन गरेको हो ।

अनेरास्ववियु गण्डकी प्रदेशका संयोजक प्रकाश पौडेलको नेतृत्वमा कास्कीका अनेरास्ववियु नेता तथा कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।

संयोजक पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसहित मन्त्रीको अभिव्यक्ति र महँगीले जनता मारमा परेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन र पुतला दहन गरिएको जानकारी दिनुभयो । मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै यदि फिर्ता नलिए देशब्यापी रुपमा प्रदर्शन गर्दै सरकारको बिरोध गर्ने पौडेलले बताउनुभयो ।

सरकारले बुधबार राती पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।

You can share this post!

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा पाण्डे

बेनी बचत सहकारीको २०औं वार्षिक साधारणसभा

Related posts