बिजोग बागलुङ कारागार ! कहिले बन्छन् सुधार गृह ?

पुरानो भवनमा पानी चुहिन्छ । हिउँदमा भूईंको चिसो र बर्षाको समयमा आकाशको पानीले कैंदी बन्दीलाई सधैं पिरोल्छ । बागलुङ नगर खानेपानीले उपलव्ध गराएको एउटा धारामा बिहानमा मात्रै आउने पानीले दिनभरलाई पुग्दैन् । तीनवटा मात्रै शौचालय भएकाले लाईनमा बसेर शौचालयको प्रयोग गर्नुपर्ने अवस्था छ । क्षमताभन्दा दोब्बर कैंदीबन्दी रहेको जिल्ला कारागार बागलुङको समस्याको पोका फुकाएरै साध्य छैन् ।भवन अभावले कारागारमा रहेका साँघुरा कोठामा १३ जनासम्मको बिस्तरा हुन्छ । कोचाकोच गरेर रात काट्नुपर्ने बाध्यता रहेको एक कैंदी बन्दीले बताए । ‘यहाँ जे छ त्यो उपयोग गर्न पाईएको छ, भवनका कारण निकै दुःख छ’ बन्दी नाईके महेन्द्र घर्तीले भने ‘यहाँका समस्याको बिषयमा सबैलाई जानकारी छ ।’

कारागारका समस्याका बिषयमा जेलर र बेला बेलामा अनुगमनमा आउनेहरुसँग जानकारी राखेपनि समस्या उस्तै रहेको उनले बताए । कारागारभित्रको पुस्तकालयमा पुस्तकहरुको समेत अभाव छ । ‘पञ्चायत कालका पुस्तक मात्रै छन्, एक हप्ता पढे सकिन्छन्, पत्रिका पनि कार्यालयमा मात्रै आउँदो हो’ अर्का कैंदी बन्ीदले गुनासो गर्दै भने ‘सिप सिक्ने व्यवस्था र पुस्तकालयमा पुस्तक भैदिए राम्रो हुने थियो ।’
अलातमा सधैं सर्ने पेशीले समेत कैंदीबन्दी आजित छन् । तोकिएको समयमा बहस र फैसला नहुँदा न्याय पाउन लामो समय कुर्नुपरेको उनीहरुले गुनासो गरे । कैदीबन्दीले तयार पारेका मुढाको मुल्य अर्को मुख्य समस्या हो । यहाँ तयार भएका मुढा बागलुङ र आसपासका बजारमा बिक्री हुन्छन् तर मुल्य पाँच वर्षदेखि एउटै छ । ‘पाँच वर्ष पहिले ३५० पर्ने मुढा अहिले पनि उही मुल्यमा बिक्रि हुन्छ’ घर्ती भन्छन् ‘प्लाष्टिक धागो, बाँस र अरु सबै सामग्रीको मुल्य बढ्यो, खर्च पनि उठ्दैन् ।’

नयाँ बनेको भवनमा राखिएकाले महिला बन्दीका लागि भने समस्या छैन् । महिला र पुरुष गरेर ८० जना क्षमता भएको कारागारमा १ सय ४७ जना कैदीबन्दी छन् । दश जना महिला र बाँकी सबै पुरुष रहेको कारागारका प्रमुख दिपेन्द्र पौडेलले बताए । ‘पानीले पुग्दैन कयौं दिन ट्याङ्करको पानी मगाएर काम चलाएका छौं’ पौडेल भन्छन् ‘विभागले सिमिति स्रोत छुट्याएको हुन्छ, यहाँको समस्या टार्नै गाह्रो भयो ।’
आठ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा तीनवटा भवन छन् । एउटा भवन भर्खरै निर्माण सम्पन्न भएको हो । पुरानो भवनमा पुरुष कैदीबन्दीलाई राखिएको छ । एउटा प्रसासनिक भवन त्यो पनि सबै कर्मचारीका लागि कुर्सी राख्नसमेत नपुग्ने अबस्थाको छ ।
दशकौं पहिला बनेको भवनले अहिलेको अवस्थामा कैंदीबन्दीका लागि अपर्याप्त भएको उनले बताए । नयाँ भवन बनाउनका लागि पटक पटक प्रस्तावहरु पेश भएका छन् । तर सुनुवाई नहुँदा समस्या रहेको पौडेलले सुनाए । अड्डा सरेर आएका बन्दी पनि बागलुङ जिल्ला कारागारमा छन् । मुस्ताङ र पर्वत कारागारबाट यहाँ बन्दी ल्याईएको छ । पछिल्लो एक बर्ष यताबाट भने अड्डा सारेर पठाउनु नपरेको उनले बताए ।

You can share this post!

ठेकेदारले कालोपत्रे नगरेपछि स्थानीयद्वारा गोदावरी सडक बन्द

म्याग्दीमा मंसिर २१ देखि १९ औँ जेसिज कप फुटवल प्रतियोगीता संचालन हुने

Related posts