लिमीका किसानलाई जग्गामा हिउँ जमेपछि उवा छर्न सकस

हुम्ला, कात्तिक २३ गते । हिमालपारिको गाउँ लिमीका तीन गाउँका किसानलाई समय भए पनि खेतमा उवा छर्न सकस भएको छ । कात्तिक पहिलो हप्ता बाक्लो हिमपातले जमिन सेताम्मे भएपछि किसानले उवा छर्न नपाउने भएका हुन् ।लिमीको हल्जी गाउँका कुन्जोक लामाले तीन फिट हिउ खेतमा जमेपछि वर्षको एक बाली पाक्ले उवाको बीउ छर्न नपाएको बताउनुभयो ।

उहाँले अहिले छरेको उवा अर्को साल असोजमा पाक्ने भए पनि यसवर्ष छर्न नसकिने अवस्था आएको बताउनुभयो । गत कात्तिक पहिलो हप्ता परेको हिमपात जग्गा भरि जमेर सेताम्मे हुँदा गोरु जोत्न नसकिने अवस्था भएपछि किसान चिन्तामा पर्नुभएको छ ।

उहाँले जग्गामा जमेको हिउँ फालेर सम्भव नहुने देखिएपछि उवा छर्न नपाइने भएको कारण किसान चिन्तामा परेको बताउनुभयो । नाम्खा गाउँपालिका– ६ को लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ तीन गाउँको जमिन सेताम्मे हुँदा उवा छर्ने समय भए पनि छर्न नपाइने बताउनुभयो ।

यसबाट लिमीका १४७ घरधुरीका स्थानीय प्रभावित हुनुभएको छ । उहाँले लिमीमा आठ सयभन्दा बढी रोपनी जग्गामा उवा छर्न नपाइने बताउनुभयो । उहाँले यो उवा छर्ने समय भए पनि जोत्नका लागि ठिक्क पारिएका जग्गा सेताम्मे रहेको बताउनुभयो । यो समयमा उवा छर्न नपाइए किसानसँग अन्य विकल्प छैन । उहाँले अर्को वर्ष किसानलाई खाद्यान्न समस्या हुने बताउनुभयो ।

You can share this post!

पुलाचौर बलत्कार घटनामा संलग्न ३ जना अभियुक्त पक्राउ

सवारी आवागमन बन्द हुने

Related posts