एमाले धौलागिरी गाउँपालिका अध्यक्षमा होम बहादुर थापा निर्बाचित

म्याग्दी । नेकपा एमाले धौलागिरी गाउँपालिकाको नयाँ नेतृत्व चयन भएको छ । होम बहादुर थापाको अध्यक्षतामा पालिकाले नयाँ नेतृत्व पाएको हो ।
मंगलबार धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न प्रथम पालिका अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा ५१ सदस्यीय पालिका कमिटि निर्बाचित भएको हो । कमिटिको उपाध्यक्षमा राजाराम सुबेदी, सचिवमा रेशम छन्त्याल, उपसचिवमा बिजय घर्ति र तिलक पुन निर्बाचित हुनुभएको बिद्यार्थी नेता इश्वर सुबेदीले जानकारी दिनुभएको छ ।

निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक बानीयाँ र जिल्ला कमिटि सचिवालय सदस्य एबँ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले निर्बाचित प्रमाणपत्र बितरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कमिटिको अध्यक्षमा ८ जना आकांक्षी देखिएपछि अधिवेशन राति अवेर सम्म लम्विएको थियो ।

लामो समयको छलफल र सहमतिको प्रयास पछि सवै कमिटि सर्वसम्मत रुपमा चयन भएको बानीयाँले जानकारी दिनुभयो । यो संगै जिल्लाका मंगला, मालिका र रघुगंगा गाउँपालिकामा अधिवेशन मंगलबार नै सम्पन्न भएका छन । बेनी नगरपालिकामा भने अध्यक्षमा ३ जना र अन्य पदका लागि पनि आंकाक्षी धेरे देखिएपछि स्थगित भएको अधिवेशन आज बिहान १० बजे देखि सुरु हुँदैछ ।

अन्नपूर्ण गाउँपालिकामा पालिका कमिटि अध्यक्ष बिरामी भई उपचाररत रहेकाले केही दिन पछि अधिवेशन सम्पन्न गरिने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

You can share this post!

एमाले मंगला गाउँपालिका अध्यक्षमा सत प्रसाद रोका निर्बाचित

एमाले बेनी नगर कमिटी अध्यक्षका लागि जिसी र केसी बिच अझै सहमति हुन सकेन

Related posts