एमाले मंगला गाउँपालिका अध्यक्षमा सत प्रसाद रोका निर्बाचित

म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटि अध्यक्षमा सत प्रसाद रोका निर्बाचित हुनुभएको छ ।

मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट रोका सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ७५सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिवमा चिरञ्जीवि शर्मा, उपसचिवमा चक्रलाल पाण्डे राजु र दर्पण रोका चयन हुनुभएको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

कमिटिको उपाध्यक्ष र सहसचिवमा आकांक्षी धेरै देखिएपछि अधिवेशन राति अवेर सम्म लम्विएको थियो । लामो समयको छलफल र सहमतिको प्रयास पछि सवै कमिटि सर्वसम्मत रुपमा चयन भएको पुनले जानकारी दिनुभयो ।

अध्यक्ष रोका मंगला गाउँपालिकाको अध्यक्ष समेत हुनुहुन्छ । पालिका कमिटिको अध्यक्षमा निर्बाचित रोकाले नेकपा एमालेलाई मंगला गाउँपालिकामा अझ शसक्त बनाउने र सवैलाई सचित जिम्मेवारी र भूमिका दिएर पार्टीको गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

अधिवेशन नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले अब हुने स्थानीय, प्रदेश र संघ तिनै तहको निर्बाचनमा नेकपा एमालेलाई जिताउनका लागि नव निर्वाचित पालिका कमिटिको महत्वपूर्ण भूमिका रहने बताउँदै नयाँ कमिटिलाई बधाई ज्ञापन गर्नुभएको थियो । मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसी, को विशेष उपस्थिति रहेको कार्यक्रममा पालिकाका ५ वटै वडाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

You can share this post!

एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित

एमाले धौलागिरी गाउँपालिका अध्यक्षमा होम बहादुर थापा निर्बाचित

Related posts