एमाले म्याग्दीको वडा अधिवेशन जारीः रघुगंगा –४ को अध्यक्षमा थजाली

म्याग्दी । नेकपा एमाले म्याग्दीको वडा अधिबेशन शनिबार देखि जारी रहेको छ । आइतबार आज रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाममा इन्द्रमान थजालीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ ।

कमिटिको उपाध्यक्षमा कुमारी गर्बुजा, सचिवमा पुरन बहादुर गर्बुजा, उपसचिवमा मञ्जरी परियार र राम बहादुर गर्बुजा चयन हुनुभएको नेकपा एमाले रघगंगा गाउँपालिका कमिटि अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभएको छ ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका – ५ मा पनि वडाको नयाँ नेतृत्व चयन भएको छ । आइतबार पाउद्वारमा सम्पन्न वडा अधिवेशनले तेस बहादुर पुर्जाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा मन बहादुुर तिलिजा पुन, सचिवमा प्रदिप तिलिजा, उपसचिवमा कमला परियार र कमला तिलिजा चयन हुनुभएको निर्बाचन समितिका प्रतिनिधि राजाराम बरुवालले जानकारी दिनुभयो ।

You can share this post!

नेकपा एमाले मंगला गाउँपालिका ४ को अध्यक्षमा अर्जुन रोका चयन

वास्तविक पीडितसम्मै नपुगि फर्किए प्रधानमन्त्री

Related posts