एमाले म्याग्दीको मालिकामा ५ र धौलागिरीमा ३ वडामा अधिवेशन सम्पन्न

म्याग्दी । नेकपा एमाले म्याग्दीले मालिका गाउँपालिकाको ५ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिबार मालिका गाउँपालिका १ निस्कोटमा याम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कुल बहादुर घर्ति मगर, सचिवमा झकमान पुन, उपसचिवमा सपना घर्ति र मकर बहादुर पुन चयन हुनुभएको छ ।

वडा नं ३ डाँडागाउँमा बल बहादुर बुढाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा ओमदेवी खत्री, सचिवमा रिया सिउँथानी, उपसचिवमा चन्द्र बहादुर बुढाथोकी र रोशन रोका चयन हुनुभएको छ ।

वडा नं ४ ओखरबोटमा गोबिन्द कँडेल अध्यक्ष, दल प्रसाद श्रीपाली उपाध्यक्ष, दिनेश पुन सचिव, रमन घर्ति मगर र चिन्तामणी गुरुङ्ग उपसचिव रहेको वडा कमिटि गठन भएको जिल्ला कमिटि सदस्य खरमाया बिटालुले जानकारी दिनुभएको छ ।

त्यस्तै वडा नं ६ को अध्यक्षमा तारामान रोका चयन हुनुभएको छ । २५ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा अनिल पुर्जा, सचिवमा सौगात गुरुङ्ग, उपसचिवमा धन बहादुर रोका र रतिमाया किसान रहनुभएको छ । वडा नं ७ मा टुकलाल चोचाङ्गे अध्यक्ष, बिर बहादुर जुग्जाली उपाध्यक्ष, कुमार जुग्जाली सचिव, पुर्ण जुग्जाली र सन्दिप जुग्जाली उपसचिव रहेको वडा कमिटि गठन भएको छ । मालिकाको वडा नं २ र ५ को अधिवेशन आइतबार सम्पन्न गरिने बिटालुले बताउनुभएको छ ।

त्यस्तै धौलागिरी गाउँपालिकाको ३ वटा वडामा शनिबार अधिवेशन सम्पन्न भएको छ । वडा नं ३ मुनामा बिष्णु भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा पुर्खाराम पुन, सचिवमा लोकेन्द्र बुढा, सहसचिवमा बल बहादुर गर्बुजा र गंगा पुन चयन हुनुभएको धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभएको छ ।

वडा नं ४ मुदीमा गणेश घर्तिको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा चतनरसिं घर्ति मगर, सचिवमा देविना घर्ति, उपसचिवमा गंगा घर्ति र कुल बहादुर घर्ति चयन हुनुभएको राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका उपाध्यक्ष बिजय घर्ति मगरले जानकारी दिनुभयो ।

वडा नं ७ मा कलानिधि शर्मा अध्यक्ष, खिम बहादुर थापा उपाध्यक्ष, तेजेन्द्र थापा सचिव, टेक केसी र ओम प्रकाश केसी उपसचिव रहेको वडा कमिटि गठन भएको छ । बाँकी वडाहरुमा कार्तिक ७ र ८ गते अधिवेशन सम्पन्न गरिने एमाले म्याग्दीले जनाएको छ ।

You can share this post!

नेकपा एमाले म्याग्दीको मंगला गाउँपालिकाका ३ वडामा अधिवेशन सम्पन्न

टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

Related posts